समाज – Local khabar http://localhost/etaja News & Entertainment Tue, 26 Dec 2023 14:20:43 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.8.8 शाैचालयकाे इतिहास : जतिबेला मान्छेलाई खुला शौच गर्न मनले दिएन http://localhost/etaja/%e0%a4%b6%e0%a4%be%e0%a5%88%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8-%e0%a4%9c%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%87/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=130 काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विभिन्न विषय अध्यापन गराउने केन्द्रीय विभागका शौचालयहरुमा अश्लील साहित्यको भण्डार पाइन्छ । मानवशास्त्र केन्द्रीय विभागको पहलमा त्रिविको घडीघरमा रहेको शौचालय सफा गर्ने क्रममा प्राज्ञिक संस्थाको शौचालय भन्नै लाजलाग्ने वस्तु भेटिएको थियो । साथमा शौचालयको भित्तामा अश्लील कुराहरु पर्याप्त लेखिएका थिए ।

घडीघरको बँगैचा, शौचालय एवं अन्य संरचनाको मर्मतसंहारका योजनाकार मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङ शौचालयको विकास र त्यसको पर्याप्तता मान्छेको मानसिकतासँग जोडिएको स्मरण गर्छन् । ‘विदेशी पुस्तकालयहरूमा सबैभन्दा पहिलो पूर्वाधार नै शौचालयबाट हुन्छ । पर्याप्त शौचालय बनाइन्छ ताकि कतै पढ्न आएको विद्यार्थीले शौच इच्छाका कारण नै आफ्नो पढाइलाई बिथोल्नु नपरोस् । शौचालयमा कोरिने ती अश्लील लेखाइहरू भियतनाम, थाइल्याण्ड जस्ता देशबाट विकास भएको उनी बताउँछन् ।

शौचालय सिन्धु सभ्यतामै थियो कि पछि बन्यो ?
एउटा लोकोक्ति अनुसार भित्रबस्दा र बाहिर बस्दा युद्धमा शत्रुलाई समेत आक्रमण गर्न हुँदैन भन्ने पूर्वीय युद्ध नीतिमा उल्लेख छ । भित्र बस्नेको अर्थ खाना खाने र बाहिर बस्नुको अर्थ शौच हो । एक दशकअघिसम्म पनि व्यवस्थित शौचालयको विकास नभएको हाम्रा कैयौं गाउँहरूमा के मानव सभ्यतापछि पहिलोपल्ट व्यवस्थित शौचको विकास भएको हो त ? पक्कै पनि होइन ।

इसापूर्व १२ औं शताब्दीमा नै शौचालयको विकास भएको विश्वास गरिने रोम सहरमा आठौं शताब्दीतिर आइपुग्दा कोपारोमा शौच गर्ने शैलीको विकास भयो । यद्यपि संकेतलाई आधार मान्ने हो भने इसापूर्व १२०० भन्दा अघि पनि पूर्वीय सभ्यतामा शौचालयको विकास भइसकेको थियो भन्ने केही प्रमाणहरू पाइएको छ ।

आजभन्दा ४५०० वर्ष पुरानो मानिएको सिन्धु सभ्यताको उत्खनन्बाट गरिएको खोजीको क्रममा व्यवस्थित स्नानागारको संरचना भेटिएको छ । यो वैज्ञानिक रुपमा पुष्टि भएको स्नानागारमा प्रयोग गरिएको पानीलाई सिधै खेतीबारीमा निकास गरिएको थियो भन्ने प्रमाण भेटिएको छ । यसको अर्थ स्नानागारको निर्माण गरेर पानीको निकास समेत गरिनुले शौचालयको पनि व्यवस्थित संरचना त्यतिबेला थियो कि ? भन्ने अनुमान गर्ने स्थान रहेको छ । यद्यपि सो समयमा शौचालयको प्रयोग भएको भनेर अहिलेसम्म साहित्यिक स्रोतले भने उल्लेख गरेको भेटिएको छैन ।

ईसापूर्व १२०० मा शौचालयको प्रयोग भएको एउटा वैज्ञानिक प्रमाण इजिप्टबाट भेटिएको छ । ती शौचालयहरु माटोको भाँडाबाट बनाइएका थिए । पहिलो शताब्दी ईस्वीमा रोमन सभ्यतामा पनि शौचालयको प्रमाण रहेको बताइएको छ ।

रोमन सभ्यताको पतनपछि लामो समयदेखि युरोपमा शौचालयको अभाव भयो । अवस्था यति गम्भीर थियो कि मानिसहरूले एघारौं शताब्दीसम्म पनि युरोपको सडकमा नै दिसापिसाब फ्याक्ने गर्थे । युरोपमा छैटौं शताब्दीदेखि सोह्रौं शताब्दीसम्म समयमा अज्ञानता र अन्धविश्वास मौलाएको थियो । जुन समय युरोपियनहरु समेत शौचालयविहीन भए ।

प्रक्षालन पानी आपूर्ति प्रणाली (फ्लसिङ वाटर सप्लाई सिस्टम)को विकास सिन्धुघाँटीमा नै भएको भन्ने अनुमान गरिए पनि यसको प्रामाणिक इतिहास भने सन् ३१५ तिर रोमबाट सुरु भएको पाइएको छ । त्यतिबेला रोममा १४४ वटा शौचालय रहेको थियो भन्ने विश्वास ब्रिटिस एसोसिएसन अफ युरिन सर्जनले गरेको छ ।

त्यसो त नेचर डटकममा प्रकाशित सेक्रेट हिस्ट्रि अफ एन्सियन्ट ट्वाइलेटमा प्रकाशित तथ्यांक अनुसार आजभन्दा २००० वर्ष पहिले नै चीनमा शौचालयको विकास भइसकेको थियो । एक्जेटर विश्वविद्यालयका इरिका रोहन र पेरिम मिचेलमध्ये रोहनले टर्कीको र मिचेलले चीनको २००० वर्ष पुरानो बस्तीमा शौचालयको अध्ययन गरिरहेका छन् । अहिलेसम्म प्राप्त प्रमाणबाहेक उनीहरुले यसको अध्ययनमा आर्थिक अभाव भएको कुरा जोडेका छन् ।

शौचालय विकासको उतारचढाव

मध्यकालीन युरोपका मान्छेहरु कोपरामा दिसापिसाब गरेर सडकमा फाल्थे भन्ने कुरा द ब्रिटिस एसोसिएसन अफ युरोलोजिकल सर्जनले फल्स ट्वाइलेटको इतिहासबारे लेख्ने क्रममा उल्लेख गरेको छ । अहिले युरोपमा शौचालयको क्रान्ति भएर ट्वाइलेट पेपरसम्मको विकास भएको छ ।

यी दुई अवस्थाको बीचमा कसरी विकास भयो त ट्वाइलेटको इतिहास ? सन् १८६० मा थोमस क्र्यापरले पहिलोपल्ट फल्स ट्वाइलेटको डिजाइन गरे भन्ने कुरा युरोपको इतिहासमा पाउन सकिन्छ । त्यस्तै, एलिजावेथका नाति ह्यारिङटले आफ्नो कार्यकालमा फल्स ट्वाइलेटको विकास गरेका थिए । उनले विकास गरेको नयाँ प्रविधिमा शौचालयको मुनिबाट एउटा पाइप जोडेर अन्तै निकास गर्ने चलन थियो ।

सो प्रविधिको शौचालय उनले एउटा आफ्नो लागि र एउटा आफ्नी हजुरआमाको लागि तयार पारेका थिए । तर विडम्बनाको कुरा उनको सो प्रविधिलाई २०० वर्षसम्म पनि कसैले वास्तै गरेनन्।

युरोपमा १९ औं शताब्दीसम्म पनि शौचालयलाई त्यति व्यवस्थित बनाउन सकिएको थिएन । एउटै शौचालय १०० जनाभन्दा धेरैले प्रयोग गर्ने गरेका थिए । सो शौचालयको निकास नदीमा लगेर मिसाउने चलन सोही समयदेखि सुरु भयो ।

१८३० देखि ५० को दशकसम्म यसरी शौचालयको निकास नदीमा मिसाउँदा युरोपका मान्छेमा पानीको माध्यमबाट सर्ने अनेक किसिमको रोग सल्किन लाग्यो । सन् १८४८देखि बिस्तारै युरोपमा शौचालयलाई व्यवस्थित गराउँदै लैजान थालियो ।

अहिले नयाँ प्रविधिको रुपमा रहेको फस्लेवल भल्भहरु, शौचालयको लागि नै छुट्टै ट्यांक बनाएर पानी संकलन गर्ने प्रविधि, ट्वाइलेट पेपर आदिको विकास भयो । ट्वाइलेट पेपरको विकास भएको सन् १९०२ मा हो ।

पुरानो अप्रमाणित विषयलाई अहिले वास्ता नगर्ने हो भने यता नेपालमा भने आधुनिक शौचालयको विकास भने धेरैपछि भएको विश्वास गरिन्छ । ग्रामीण भेगमा त एक दशकअघिसम्म पनि धेरैको घरमा व्यवस्थित शौचालयको विकास नै भएको थिएन ।

शौचालय उक्त समाजको सभ्यताको परिचय दिने एउटा प्रदर्शनीस्थल पनि हो । त्यसैले त सफा सहरको रूपमा विश्वमा आफूलाई चिनाउनुपूर्व जापानले शौचालयलाई समेत आधुनिकीकरण गराउँदै लगेको थियो । तर शौचालयलाई व्यवस्थित र मर्यादित बनाउने चलन कहिलेदेखि सुरु भयो होला ? भन्ने प्रश्नमा इतिहासकारहरु अनुत्तरित छन् ।

आधुनिक शौचालयको विकासका लागि सामाजिक संरचना, स्थानीय समाज र संस्कृतिको प्रभाव हो भन्ने गरिएको छ । शौचालयको कुरा आउनेबित्तिकै शौचालयमा जोडिएको सेवा सुविधालाई धेरैले चासो दिन्छन् । तर शौचालयसँग जोडिएको केही गौण पक्षको बारेमा भने केही उल्लेख भएको पाइँदैन ।

काठमाडौंका शौचालयमा रहेका फोहोरको डंगुर सबैले देख्छन्, तर शौचालयमा लेखिएका ‘फोहोरी साहित्य’लाई सबैले देखेर पनि नदेखेको जस्तै गर्छन् । शौचालयमा नभएका सुविधाको बारेमा धेरै चर्चा हुन्छ तर पर्याप्त शौचालयको अभावमा भोगेका मान्छेको मानसिक समस्याको बारेमा कोही बोल्न चाहँदैनन् ।

]]>
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो ! http://localhost/etaja/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%97/ http://localhost/etaja/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%97/#respond Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=28 काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् ।

‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ ।

उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् ।

सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् ।

के–के हुनुपर्छ ‘क’ वर्गको एम्बुलेन्समा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशका २०७३ मा ‘क’ वर्गको एम्बुलेन्समा हुनुपर्ने क्षमता, सुविधा र भूमिकालाई यसरी उल्लेख गरिएको छ ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा– ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ—बायाँको भाग हरियो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीको हुनुपर्छ । यस्तै विदेशी सरकार वा दातृ निकायले सहयोगस्वरूप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गर्ने एम्बुलेन्स ‘क’ अथवा ‘ख’ वर्गको हुनुपर्नेछ ।

यस्तै ‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्दछ । ‘क’ वर्गको एम्बुलेन्समा चालकले स्वास्थ्यसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्दछ । यस्तै ब्लडप्रेसर चेक गर्ने मेसिन, स्टेथोस्कोप, टर्चलाइट, १८ महिना चिकित्सासम्बन्धी तालिम लिएको कर्मचारी हुनुपर्ने छ ।

‘ख’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधाहरू

‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्ने छ । सुविधाको हिसाबमा ‘ख’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण, जनशक्ति हुनुपर्दछ ।

‘ग’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधा

‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको । तर आर्थिक वर्ष २०७३÷०७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा आर्थिक वर्ष ३०७८÷०७९ सम्मको अवधिका लागि सेतो रङ्ग हुन सक्नेछ भनेर उल्लेख गरिएको छ ।
सेवाको हिसाबमा ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, बी.पी. चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्यसम्बन्धी बेसिक तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधिको पनि व्यवस्था हुनुपर्छ ।

]]>
http://localhost/etaja/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%a8-%e0%a4%ad%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%97/feed/ 0
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता http://localhost/etaja/%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%be-%e0%a4%af%e0%a4%be%e0%a4%a6-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88%e0%a4%a8-%e0%a4%af%e0%a5%80-%e0%a4%86%e0%a4%a0/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=31 कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ ।

उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ ।

यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः

व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ ।

कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ ।

यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः

यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

३. सन्तुलित भोजनः

तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।

यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः

तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ ।

त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।

यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

५. नयाँ चुनौतीको खोजीः

दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् ।

अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ ।

यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. संगीत सुन्नुहोस्ः

संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।

धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

७. पढेर सुत्नुहोस्ः

यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।

त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

८. बिहान यसरी उठ्नुहोस्ः

अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।

सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ ।

घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ ।

]]>
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती http://localhost/etaja/%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%b6%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%83-%e0%a4%af%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%a6/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=34 वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।

३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।

५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

]]>
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ? http://localhost/etaja/%e0%a4%a8%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b2-%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%83-%e0%a4%af%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%ab/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=37 नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ ।

हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।

‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’

मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।

सेचुरेटेड फ्याट अत्यधिकः

केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन्स जर्नलिस्ट हुन् । उनले मेडिसिन र साइन्समा बीबीसीका लागि निकै काम गरेका छन् । अनुसन्धानमा उनले पाए कि मानिसहरुले नरिवलको तेललाई निकै नै स्वस्थकर मान्छन् ।

हलिउडकी नायिका एन्जेलिना जोलीले आफ्नो ब्रेकफास्टमा नरिवल तेल प्रयोग गर्छिन् भन्ने खबर छ ।

तर नरिवलको तेल फाइदाजनक छ छैन, यसबारे धेरै समयदेखि बहस चलिरहेको छ । थुप्रै वैज्ञानिकले यसलाई हानिकारक फ्याटयुक्त भएको बताउँछन् ।

भारतको हैदराबादस्थित नेशनल इन्स्टिच्युट अफ न्यूट्रिशन (एनआईएन) का उप–निर्देशक डाक्टर अहमद इब्राहिमले नरिवल तेलमा लगभग ९० प्रतिशत सेचुरेटेड फ्याट हुने बीबीसीलाई बताए ।

डा. माइकलले जुन अनुसन्धान गरे त्यसमा पनि यही तथ्य भेटियो । उनका अनुसार नरिवल तेलमा पाइने सेचुरेटेड फ्याट नौनीमा भन्दा धेरै हुन्छ । नरिवलमा ८६ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ भने नौनीमा ५१ प्रतिशत ।

हानी पनि, फाइदा पनिः

अब प्रश्न यो उठ्छ कि सेचुरेटेड फ्याटयुक्त खाना खाँदा कस्तो हानी हुनसक्छ ?

वैज्ञानिकका अनुसार सेचुरेटेड फ्याटले शरिरमा गुड र ब्याड दुबै प्रकारको कोलेस्ट्रोललाई बढाउने गर्छ । तर दुबैले शरिरमा भिन्न असर देखाउने गर्छन् ।

डा.माइकल यसबारे भन्छन्, ‘जुन खानामा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ त्यसले हाम्रो रगतमा लो डेन्सिटी लिपोप्रोटिन (एनडीएल) को मात्रा बढाउने काम गर्छ । एलडीएललाई नै ब्याड कोलेस्ट्रोल भनिन्छ ।’

एलडीएलको मात्रा जब धेरै हुन्छ तब यसले हाम्रो धमनीमा रक्त प्रवाह रोकिने खतरा बढ्ने गर्छ ।

यस्तै, अर्कोतर्फ त्यही सेचुरेटेड फ्याट हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) जसलाई गुड कोलेस्ट्रोल भनिन्छ, त्यसको मात्रा पनि बढाउने गर्छ ।

एचडीएललाई गुड कोलेस्ट्रोल यसकारण भनिन्छ किनभने यसले हाम्रो शरिरको विभिन्न हिस्सामा भएको कोलेस्ट्रोललाई कलेजोमार्फत् लैजाने गर्छ त्यसपछि हाम्रो कलेजोले कोलेस्ट्रोललाई शरिरबाट बाहिर निकाल्ने गर्छ ।

नरिवलको तेल खाने कि नखाने ?

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल खाँदा स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक अनुसन्धान भएको छैन ।’ यही कुरा डाक्टर माइकलको रिपोर्टले पनि बताउँछ ।

बीबीसीले आफ्नो कार्यक्रम ‘ट्रस्ट मी, आइ एम अ डक्टर’ का लागि क्याम्ब्रिज युनिभर्सिटीका दुई प्रतिष्ठित शिक्षाविद् के–टी खाँ र निता फारोहीसँग सम्पर्क गर्यो । यो कार्यक्रममा ५० वर्षदेखि ७५ वर्षको उमेरमा ९४ मानिसहरुलाई तीन समूहमा बाँडियो ।

यीमध्ये कसैलाई पनि मधुमेह र मुटुरोग थिएन । तीनै समूहलाई चार हप्तासम्म विभिन्न प्रकारको तेल खुवाइयो । शर्त यो थियो कि एउटा समूहले चार हप्तासम्म एउटै तेलको सेवन गर्नुपर्दथ्यो ।

चार हप्तापछि जुन समूहले बटरको सेवन गरेका थिए उनीहरुको शरिरमा ब्याड कोलेस्ट्रोलको मात्रा १० प्रतिशत वृद्धि भएको पाए साथै गुड कोलेस्ट्रोल पनि पाँच प्रतिशत बढेको थियो ।

जुन समूहले ओलिभ ओइल (जैतुनको तेल) को सेवन गरे उनीहरुको शरिरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर थोरै कम भयो ।

तर सबैभन्दा अचम्मित गरिदिने नतिजा नरिवलको तेल सेवन गर्ने समूहमा पाइयो । यो समूहका मानिसहरुमा ब्याड कोलेस्ट्रोलको मात्रा धेरै त होइन तर गुड कोलेस्ट्रोलको मात्रा लगभग १५ प्रतिशतसम्म बढ्यो ।

यसको यो भन्न सकिन्छ कि नरिवलको तेलको सेवन मुटुका लागि राम्रो हुन्छ ।

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरिरमा मेटाबोलिजम पनि बढाउँछ ।’

त्यसो भए नरिवलको तेल विषालु कसरी भयो ?

यदि नरिवलको तेलले हाम्रो शरिरमा ऊर्जा बढाउँछ र मुटुको लागि पनि राम्रो हुन्छ भने यो तेललाई विषालु किन भनियो ?

डा. अहमद यसको पनि जवाफ दिन्छन्, ‘यदि कसैले नरिवलको तेल मात्र प्रयोग गरिरहेका छन् भने यसले शरिरमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक बढाउने गर्छ जसका कारण यो हानिकारक हुनसक्छ । त्यसैले विभिन्न प्रकारको तेलको सेवन गर्ने सल्लाह दिइन्छ ।’

बीबीसी प्रोग्रामबाट निस्किएको नतिजाले क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक खाँलाई अचम्मित तुल्याएको छ । उनले भने, ‘यो नतिजा कसरी आयो यसको स्पष्ट अनुमान छैन । हुनसक्छ नरिवल तेलमा पाइने सेचुरेटेड फ्याटमा लोरिक एसिड हुन्छ जसको असर रगतमा पर्छ ।’

नरिवलको तेल हाम्रा लागि पूर्ण रुपमा स्वस्थबर्धक छ वा पूर्ण रुपमा हानिकारक, दुबै विचार आफैंमा अधुरो छ । खानामा नरिवलको तेल मात्र प्रयोग गर्दा यसले हाम्रो शरिरलाई अन्य तत्वबाट टाढा राख्न सक्छ ।

]]>
स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका http://localhost/etaja/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%b0%e0%a4%a3-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%a4%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=43 हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ ।

सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ?

यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

व्यायाम

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो ।

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।

यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ ।

यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।

साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।

अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

पढ्नुहोस् र सोच्नुहोस्

जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो ।

त्यही कारण त हो नि, सुत्नुअघि फिल्म वा डरलाग्दो कथा सुन्नु राम्रो होइन, यसले तपाईंको मास्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

बिहानै यसरी उठौं

तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ । यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मानसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न । यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

यसको अर्थ के भने, तपाईं कति समय सुत्नुहुन्छ वा कतिबेला उठ्नुहुन्छ ? यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ ।

सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस् र क्रमस उज्यालो छाउन थालेपछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरणशक्ति बढाउनमा निकै फाइदा गर्छ ।

]]>