राजनीती – Local khabar http://localhost/etaja News & Entertainment Tue, 26 Dec 2023 14:20:43 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.8.8 प्रदेश ट्राफिक कार्यालय भरतपुरमा http://localhost/etaja/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af/ http://localhost/etaja/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af/#respond Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=22 चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।

भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो ।

“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भने ।

उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो ।

करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत

दाङ — कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार मृत्यु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले चौधरीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

चौधरीको परिवारका एक सदस्यलाई विद्यालयले रोजगारीसमेत दिने भएको छ । चौधरीको उरहरी चोकमा ब्यानर टाङ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

]]>
http://localhost/etaja/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af/feed/ 0
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ? http://localhost/etaja/%e0%a4%a8%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b2-%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%83-%e0%a4%af%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%ab/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=37 नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ ।

हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।

‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’

मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।

सेचुरेटेड फ्याट अत्यधिकः

केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन्स जर्नलिस्ट हुन् । उनले मेडिसिन र साइन्समा बीबीसीका लागि निकै काम गरेका छन् । अनुसन्धानमा उनले पाए कि मानिसहरुले नरिवलको तेललाई निकै नै स्वस्थकर मान्छन् ।

हलिउडकी नायिका एन्जेलिना जोलीले आफ्नो ब्रेकफास्टमा नरिवल तेल प्रयोग गर्छिन् भन्ने खबर छ ।

तर नरिवलको तेल फाइदाजनक छ छैन, यसबारे धेरै समयदेखि बहस चलिरहेको छ । थुप्रै वैज्ञानिकले यसलाई हानिकारक फ्याटयुक्त भएको बताउँछन् ।

भारतको हैदराबादस्थित नेशनल इन्स्टिच्युट अफ न्यूट्रिशन (एनआईएन) का उप–निर्देशक डाक्टर अहमद इब्राहिमले नरिवल तेलमा लगभग ९० प्रतिशत सेचुरेटेड फ्याट हुने बीबीसीलाई बताए ।

डा. माइकलले जुन अनुसन्धान गरे त्यसमा पनि यही तथ्य भेटियो । उनका अनुसार नरिवल तेलमा पाइने सेचुरेटेड फ्याट नौनीमा भन्दा धेरै हुन्छ । नरिवलमा ८६ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ भने नौनीमा ५१ प्रतिशत ।

हानी पनि, फाइदा पनिः

अब प्रश्न यो उठ्छ कि सेचुरेटेड फ्याटयुक्त खाना खाँदा कस्तो हानी हुनसक्छ ?

वैज्ञानिकका अनुसार सेचुरेटेड फ्याटले शरिरमा गुड र ब्याड दुबै प्रकारको कोलेस्ट्रोललाई बढाउने गर्छ । तर दुबैले शरिरमा भिन्न असर देखाउने गर्छन् ।

डा.माइकल यसबारे भन्छन्, ‘जुन खानामा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ त्यसले हाम्रो रगतमा लो डेन्सिटी लिपोप्रोटिन (एनडीएल) को मात्रा बढाउने काम गर्छ । एलडीएललाई नै ब्याड कोलेस्ट्रोल भनिन्छ ।’

एलडीएलको मात्रा जब धेरै हुन्छ तब यसले हाम्रो धमनीमा रक्त प्रवाह रोकिने खतरा बढ्ने गर्छ ।

यस्तै, अर्कोतर्फ त्यही सेचुरेटेड फ्याट हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) जसलाई गुड कोलेस्ट्रोल भनिन्छ, त्यसको मात्रा पनि बढाउने गर्छ ।

एचडीएललाई गुड कोलेस्ट्रोल यसकारण भनिन्छ किनभने यसले हाम्रो शरिरको विभिन्न हिस्सामा भएको कोलेस्ट्रोललाई कलेजोमार्फत् लैजाने गर्छ त्यसपछि हाम्रो कलेजोले कोलेस्ट्रोललाई शरिरबाट बाहिर निकाल्ने गर्छ ।

नरिवलको तेल खाने कि नखाने ?

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल खाँदा स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक अनुसन्धान भएको छैन ।’ यही कुरा डाक्टर माइकलको रिपोर्टले पनि बताउँछ ।

बीबीसीले आफ्नो कार्यक्रम ‘ट्रस्ट मी, आइ एम अ डक्टर’ का लागि क्याम्ब्रिज युनिभर्सिटीका दुई प्रतिष्ठित शिक्षाविद् के–टी खाँ र निता फारोहीसँग सम्पर्क गर्यो । यो कार्यक्रममा ५० वर्षदेखि ७५ वर्षको उमेरमा ९४ मानिसहरुलाई तीन समूहमा बाँडियो ।

यीमध्ये कसैलाई पनि मधुमेह र मुटुरोग थिएन । तीनै समूहलाई चार हप्तासम्म विभिन्न प्रकारको तेल खुवाइयो । शर्त यो थियो कि एउटा समूहले चार हप्तासम्म एउटै तेलको सेवन गर्नुपर्दथ्यो ।

चार हप्तापछि जुन समूहले बटरको सेवन गरेका थिए उनीहरुको शरिरमा ब्याड कोलेस्ट्रोलको मात्रा १० प्रतिशत वृद्धि भएको पाए साथै गुड कोलेस्ट्रोल पनि पाँच प्रतिशत बढेको थियो ।

जुन समूहले ओलिभ ओइल (जैतुनको तेल) को सेवन गरे उनीहरुको शरिरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर थोरै कम भयो ।

तर सबैभन्दा अचम्मित गरिदिने नतिजा नरिवलको तेल सेवन गर्ने समूहमा पाइयो । यो समूहका मानिसहरुमा ब्याड कोलेस्ट्रोलको मात्रा धेरै त होइन तर गुड कोलेस्ट्रोलको मात्रा लगभग १५ प्रतिशतसम्म बढ्यो ।

यसको यो भन्न सकिन्छ कि नरिवलको तेलको सेवन मुटुका लागि राम्रो हुन्छ ।

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरिरमा मेटाबोलिजम पनि बढाउँछ ।’

त्यसो भए नरिवलको तेल विषालु कसरी भयो ?

यदि नरिवलको तेलले हाम्रो शरिरमा ऊर्जा बढाउँछ र मुटुको लागि पनि राम्रो हुन्छ भने यो तेललाई विषालु किन भनियो ?

डा. अहमद यसको पनि जवाफ दिन्छन्, ‘यदि कसैले नरिवलको तेल मात्र प्रयोग गरिरहेका छन् भने यसले शरिरमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक बढाउने गर्छ जसका कारण यो हानिकारक हुनसक्छ । त्यसैले विभिन्न प्रकारको तेलको सेवन गर्ने सल्लाह दिइन्छ ।’

बीबीसी प्रोग्रामबाट निस्किएको नतिजाले क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक खाँलाई अचम्मित तुल्याएको छ । उनले भने, ‘यो नतिजा कसरी आयो यसको स्पष्ट अनुमान छैन । हुनसक्छ नरिवल तेलमा पाइने सेचुरेटेड फ्याटमा लोरिक एसिड हुन्छ जसको असर रगतमा पर्छ ।’

नरिवलको तेल हाम्रा लागि पूर्ण रुपमा स्वस्थबर्धक छ वा पूर्ण रुपमा हानिकारक, दुबै विचार आफैंमा अधुरो छ । खानामा नरिवलको तेल मात्र प्रयोग गर्दा यसले हाम्रो शरिरलाई अन्य तत्वबाट टाढा राख्न सक्छ ।

]]>
स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका http://localhost/etaja/%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%b0%e0%a4%a3-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%a4%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=43 हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ ।

सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ?

यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

व्यायाम

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो ।

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।

यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ ।

यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।

साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।

अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

पढ्नुहोस् र सोच्नुहोस्

जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो ।

त्यही कारण त हो नि, सुत्नुअघि फिल्म वा डरलाग्दो कथा सुन्नु राम्रो होइन, यसले तपाईंको मास्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

बिहानै यसरी उठौं

तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ । यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मानसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न । यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

यसको अर्थ के भने, तपाईं कति समय सुत्नुहुन्छ वा कतिबेला उठ्नुहुन्छ ? यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ ।

सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस् र क्रमस उज्यालो छाउन थालेपछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरणशक्ति बढाउनमा निकै फाइदा गर्छ ।

]]>
बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक http://localhost/etaja/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=50 काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल ।

आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।

मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः

मोबाइल चलाउनु पनि एकखालको नसा
मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।

सुरुमा मोबाइल चलाउदा मस्तिस्कले केमिकल रिलिज गर्दा खुशी बनाउने खालको हर्माेन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउदा खुशी हुन्छन् बालबालिका । तर लगातार मोबाईल हेर्दा ब्रेन सुस्त हुर्दै जान्छ ।

मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरु देखिन थाल्छ । मोबाइलको समस्या सानोदेखि ठूला व्यक्तिहरुमा पनि भइरहेको हुन्छ ।
मानसिक समस्या

साना बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरुलाई भुलाउनको लागि अभिभावकले मोबाइल दिने गरेको पाइन्छ । काम गर्नको लागि पनि बालबालिकालाई मोबाईल दिने र आफू काममा लाग्ने अभिभावकहरु धेरै भेटिन्छन् । जति सानो उमेरमा मोबाइल चलायो त्यतिधेरै असर भइरहेको हुन्छ ।

निरन्तर मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँखु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्याहरु आउँछन् ।

लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो बनाउन पनि सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर गर्छ । जसले गर्दा आँखा धमिलो हुँदै जाने , आँखा चिलाउने, आँखा वरिपरिको मासुहरु थाक्ने, आँखा हेर्न नसक्ने निन्द्रा लाग्ने जस्ता विभिन्न समस्याहरु आउँछन् ।

विस्तारै बालबालिकाको ब्रनेलाई सुस्त बनाइदिन्छ । जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाईल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशनसम्म हुनसक्ने सम्भावना हुन्छ । ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसंग कुरा नगर्ने जस्ता समस्याहरु लामो समयसम्म देखिन्छ ।

शारीरिक समस्या
बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो । बालबालिकाको मानसिक ,शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ ।

मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदै जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन । हिँडाइमा समस्या हुन्छ । जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन ।

बालबालिकाको शरीरको विकास जति खेल्ने सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।
एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ ।
जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ ।

यसरी छुटाउन सकिन्छ
तल बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ । अन्य नसा जस्तो छुटाउनै नसक्ने अवस्थाको भने हुँदैनन् । मोबाइलको लत बसको बालबालिकालाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रुपमा काम गर्छ ।

मोबाइलको तल बसेको बालबालिकालाई एकै पटक तल घटाउन निकै गाह्रो हुन्छ । यदी तपाईँको बालबालिकामा मोबाइल चलाउने तल बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् ।

एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको तल छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुस् । चित्रहरु कोर्न दिन पनि सकिन्छ । यस्तै अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिन्छ ।

कुरा बुझ्न सक्ने बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याहरु उदाहरणसहित बुझाएर लत हटाउन सकिन्छ ।

विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउँदा हीतकर हुन्छ । आफ्नो बालबालिकालाई मोबाइलमा लत लागेको बारेमा अभिभावकलाई जानकारी हुन्छ, त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउदा राम्रो हुन्छ ।

]]>
शाैचालयकाे इतिहास : जतिबेला मान्छेलाई खुला शौच गर्न मनले दिएन http://localhost/etaja/%e0%a4%b6%e0%a4%be%e0%a5%88%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8-%e0%a4%9c%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%87/ Tue, 26 Dec 2023 14:20:43 +0000 http://localhost/etaja/?p=130 काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विभिन्न विषय अध्यापन गराउने केन्द्रीय विभागका शौचालयहरुमा अश्लील साहित्यको भण्डार पाइन्छ । मानवशास्त्र केन्द्रीय विभागको पहलमा त्रिविको घडीघरमा रहेको शौचालय सफा गर्ने क्रममा प्राज्ञिक संस्थाको शौचालय भन्नै लाजलाग्ने वस्तु भेटिएको थियो । साथमा शौचालयको भित्तामा अश्लील कुराहरु पर्याप्त लेखिएका थिए ।

घडीघरको बँगैचा, शौचालय एवं अन्य संरचनाको मर्मतसंहारका योजनाकार मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङ शौचालयको विकास र त्यसको पर्याप्तता मान्छेको मानसिकतासँग जोडिएको स्मरण गर्छन् । ‘विदेशी पुस्तकालयहरूमा सबैभन्दा पहिलो पूर्वाधार नै शौचालयबाट हुन्छ । पर्याप्त शौचालय बनाइन्छ ताकि कतै पढ्न आएको विद्यार्थीले शौच इच्छाका कारण नै आफ्नो पढाइलाई बिथोल्नु नपरोस् । शौचालयमा कोरिने ती अश्लील लेखाइहरू भियतनाम, थाइल्याण्ड जस्ता देशबाट विकास भएको उनी बताउँछन् ।

शौचालय सिन्धु सभ्यतामै थियो कि पछि बन्यो ?
एउटा लोकोक्ति अनुसार भित्रबस्दा र बाहिर बस्दा युद्धमा शत्रुलाई समेत आक्रमण गर्न हुँदैन भन्ने पूर्वीय युद्ध नीतिमा उल्लेख छ । भित्र बस्नेको अर्थ खाना खाने र बाहिर बस्नुको अर्थ शौच हो । एक दशकअघिसम्म पनि व्यवस्थित शौचालयको विकास नभएको हाम्रा कैयौं गाउँहरूमा के मानव सभ्यतापछि पहिलोपल्ट व्यवस्थित शौचको विकास भएको हो त ? पक्कै पनि होइन ।

इसापूर्व १२ औं शताब्दीमा नै शौचालयको विकास भएको विश्वास गरिने रोम सहरमा आठौं शताब्दीतिर आइपुग्दा कोपारोमा शौच गर्ने शैलीको विकास भयो । यद्यपि संकेतलाई आधार मान्ने हो भने इसापूर्व १२०० भन्दा अघि पनि पूर्वीय सभ्यतामा शौचालयको विकास भइसकेको थियो भन्ने केही प्रमाणहरू पाइएको छ ।

आजभन्दा ४५०० वर्ष पुरानो मानिएको सिन्धु सभ्यताको उत्खनन्बाट गरिएको खोजीको क्रममा व्यवस्थित स्नानागारको संरचना भेटिएको छ । यो वैज्ञानिक रुपमा पुष्टि भएको स्नानागारमा प्रयोग गरिएको पानीलाई सिधै खेतीबारीमा निकास गरिएको थियो भन्ने प्रमाण भेटिएको छ । यसको अर्थ स्नानागारको निर्माण गरेर पानीको निकास समेत गरिनुले शौचालयको पनि व्यवस्थित संरचना त्यतिबेला थियो कि ? भन्ने अनुमान गर्ने स्थान रहेको छ । यद्यपि सो समयमा शौचालयको प्रयोग भएको भनेर अहिलेसम्म साहित्यिक स्रोतले भने उल्लेख गरेको भेटिएको छैन ।

ईसापूर्व १२०० मा शौचालयको प्रयोग भएको एउटा वैज्ञानिक प्रमाण इजिप्टबाट भेटिएको छ । ती शौचालयहरु माटोको भाँडाबाट बनाइएका थिए । पहिलो शताब्दी ईस्वीमा रोमन सभ्यतामा पनि शौचालयको प्रमाण रहेको बताइएको छ ।

रोमन सभ्यताको पतनपछि लामो समयदेखि युरोपमा शौचालयको अभाव भयो । अवस्था यति गम्भीर थियो कि मानिसहरूले एघारौं शताब्दीसम्म पनि युरोपको सडकमा नै दिसापिसाब फ्याक्ने गर्थे । युरोपमा छैटौं शताब्दीदेखि सोह्रौं शताब्दीसम्म समयमा अज्ञानता र अन्धविश्वास मौलाएको थियो । जुन समय युरोपियनहरु समेत शौचालयविहीन भए ।

प्रक्षालन पानी आपूर्ति प्रणाली (फ्लसिङ वाटर सप्लाई सिस्टम)को विकास सिन्धुघाँटीमा नै भएको भन्ने अनुमान गरिए पनि यसको प्रामाणिक इतिहास भने सन् ३१५ तिर रोमबाट सुरु भएको पाइएको छ । त्यतिबेला रोममा १४४ वटा शौचालय रहेको थियो भन्ने विश्वास ब्रिटिस एसोसिएसन अफ युरिन सर्जनले गरेको छ ।

त्यसो त नेचर डटकममा प्रकाशित सेक्रेट हिस्ट्रि अफ एन्सियन्ट ट्वाइलेटमा प्रकाशित तथ्यांक अनुसार आजभन्दा २००० वर्ष पहिले नै चीनमा शौचालयको विकास भइसकेको थियो । एक्जेटर विश्वविद्यालयका इरिका रोहन र पेरिम मिचेलमध्ये रोहनले टर्कीको र मिचेलले चीनको २००० वर्ष पुरानो बस्तीमा शौचालयको अध्ययन गरिरहेका छन् । अहिलेसम्म प्राप्त प्रमाणबाहेक उनीहरुले यसको अध्ययनमा आर्थिक अभाव भएको कुरा जोडेका छन् ।

शौचालय विकासको उतारचढाव

मध्यकालीन युरोपका मान्छेहरु कोपरामा दिसापिसाब गरेर सडकमा फाल्थे भन्ने कुरा द ब्रिटिस एसोसिएसन अफ युरोलोजिकल सर्जनले फल्स ट्वाइलेटको इतिहासबारे लेख्ने क्रममा उल्लेख गरेको छ । अहिले युरोपमा शौचालयको क्रान्ति भएर ट्वाइलेट पेपरसम्मको विकास भएको छ ।

यी दुई अवस्थाको बीचमा कसरी विकास भयो त ट्वाइलेटको इतिहास ? सन् १८६० मा थोमस क्र्यापरले पहिलोपल्ट फल्स ट्वाइलेटको डिजाइन गरे भन्ने कुरा युरोपको इतिहासमा पाउन सकिन्छ । त्यस्तै, एलिजावेथका नाति ह्यारिङटले आफ्नो कार्यकालमा फल्स ट्वाइलेटको विकास गरेका थिए । उनले विकास गरेको नयाँ प्रविधिमा शौचालयको मुनिबाट एउटा पाइप जोडेर अन्तै निकास गर्ने चलन थियो ।

सो प्रविधिको शौचालय उनले एउटा आफ्नो लागि र एउटा आफ्नी हजुरआमाको लागि तयार पारेका थिए । तर विडम्बनाको कुरा उनको सो प्रविधिलाई २०० वर्षसम्म पनि कसैले वास्तै गरेनन्।

युरोपमा १९ औं शताब्दीसम्म पनि शौचालयलाई त्यति व्यवस्थित बनाउन सकिएको थिएन । एउटै शौचालय १०० जनाभन्दा धेरैले प्रयोग गर्ने गरेका थिए । सो शौचालयको निकास नदीमा लगेर मिसाउने चलन सोही समयदेखि सुरु भयो ।

१८३० देखि ५० को दशकसम्म यसरी शौचालयको निकास नदीमा मिसाउँदा युरोपका मान्छेमा पानीको माध्यमबाट सर्ने अनेक किसिमको रोग सल्किन लाग्यो । सन् १८४८देखि बिस्तारै युरोपमा शौचालयलाई व्यवस्थित गराउँदै लैजान थालियो ।

अहिले नयाँ प्रविधिको रुपमा रहेको फस्लेवल भल्भहरु, शौचालयको लागि नै छुट्टै ट्यांक बनाएर पानी संकलन गर्ने प्रविधि, ट्वाइलेट पेपर आदिको विकास भयो । ट्वाइलेट पेपरको विकास भएको सन् १९०२ मा हो ।

पुरानो अप्रमाणित विषयलाई अहिले वास्ता नगर्ने हो भने यता नेपालमा भने आधुनिक शौचालयको विकास भने धेरैपछि भएको विश्वास गरिन्छ । ग्रामीण भेगमा त एक दशकअघिसम्म पनि धेरैको घरमा व्यवस्थित शौचालयको विकास नै भएको थिएन ।

शौचालय उक्त समाजको सभ्यताको परिचय दिने एउटा प्रदर्शनीस्थल पनि हो । त्यसैले त सफा सहरको रूपमा विश्वमा आफूलाई चिनाउनुपूर्व जापानले शौचालयलाई समेत आधुनिकीकरण गराउँदै लगेको थियो । तर शौचालयलाई व्यवस्थित र मर्यादित बनाउने चलन कहिलेदेखि सुरु भयो होला ? भन्ने प्रश्नमा इतिहासकारहरु अनुत्तरित छन् ।

आधुनिक शौचालयको विकासका लागि सामाजिक संरचना, स्थानीय समाज र संस्कृतिको प्रभाव हो भन्ने गरिएको छ । शौचालयको कुरा आउनेबित्तिकै शौचालयमा जोडिएको सेवा सुविधालाई धेरैले चासो दिन्छन् । तर शौचालयसँग जोडिएको केही गौण पक्षको बारेमा भने केही उल्लेख भएको पाइँदैन ।

काठमाडौंका शौचालयमा रहेका फोहोरको डंगुर सबैले देख्छन्, तर शौचालयमा लेखिएका ‘फोहोरी साहित्य’लाई सबैले देखेर पनि नदेखेको जस्तै गर्छन् । शौचालयमा नभएका सुविधाको बारेमा धेरै चर्चा हुन्छ तर पर्याप्त शौचालयको अभावमा भोगेका मान्छेको मानसिक समस्याको बारेमा कोही बोल्न चाहँदैनन् ।

]]>