Inews16

बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक
काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल ।

आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।

मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः

मोबाइल चलाउनु पनि एकखालको नसा

मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।

सुरुमा मोबाइल चलाउदा मस्तिस्कले केमिकल रिलिज गर्दा खुशी बनाउने खालको हर्माेन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउदा खुशी हुन्छन् बालबालिका । तर लगातार मोबाईल हेर्दा ब्रेन सुस्त हुर्दै जान्छ ।

मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरु देखिन थाल्छ । मोबाइलको समस्या सानोदेखि ठूला व्यक्तिहरुमा पनि भइरहेको हुन्छ ।

मानसिक समस्या

साना बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरुलाई भुलाउनको लागि अभिभावकले मोबाइल दिने गरेको पाइन्छ । काम गर्नको लागि पनि बालबालिकालाई मोबाईल दिने र आफू काममा लाग्ने अभिभावकहरु धेरै भेटिन्छन् । जति सानो उमेरमा मोबाइल चलायो त्यतिधेरै असर भइरहेको हुन्छ ।

निरन्तर मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँखु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्याहरु आउँछन् ।

लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो बनाउन पनि सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर गर्छ । जसले गर्दा आँखा धमिलो हुँदै जाने , आँखा चिलाउने, आँखा वरिपरिको मासुहरु थाक्ने, आँखा हेर्न नसक्ने निन्द्रा लाग्ने जस्ता विभिन्न समस्याहरु आउँछन् ।

विस्तारै बालबालिकाको ब्रनेलाई सुस्त बनाइदिन्छ । जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाईल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशनसम्म हुनसक्ने सम्भावना हुन्छ । ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसंग कुरा नगर्ने जस्ता समस्याहरु लामो समयसम्म देखिन्छ ।

शारीरिक समस्या

बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो । बालबालिकाको मानसिक ,शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ ।

मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदै जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन । हिँडाइमा समस्या हुन्छ । जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन ।

बालबालिकाको शरीरको विकास जति खेल्ने सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।

एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ ।

जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ ।

यसरी छुटाउन सकिन्छ

तल बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ । अन्य नसा जस्तो छुटाउनै नसक्ने अवस्थाको भने हुँदैनन् । मोबाइलको लत बसको बालबालिकालाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रुपमा काम गर्छ ।

मोबाइलको तल बसेको बालबालिकालाई एकै पटक तल घटाउन निकै गाह्रो हुन्छ । यदी तपाईँको बालबालिकामा मोबाइल चलाउने तल बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् ।

एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको तल छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुस् । चित्रहरु कोर्न दिन पनि सकिन्छ । यस्तै अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिन्छ ।

कुरा बुझ्न सक्ने बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याहरु उदाहरणसहित बुझाएर लत हटाउन सकिन्छ ।

विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउँदा हीतकर हुन्छ । आफ्नो बालबालिकालाई मोबाइलमा लत लागेको बारेमा अभिभावकलाई जानकारी हुन्छ, त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउदा राम्रो हुन्छ ।

पशुपतिको जलहरीमा महालेखाले उठायो प्रश्न : ११ किलो सुन खै ?
५ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव डेढ वर्षदेखि अनुसन्धान गरिरहेको छ ।

जलहरी राख्ने क्रममा सुन गायव पारिएको र त्यसको ज्याला अनियमित रुपमा खर्च भएको विषयमा डेढ वर्षदेखि चलिरहेको अनुसन्धान टुंगोमा पुग्न सकेको छैन ।

स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका
हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ ।

सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ?

यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

व्यायाम

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो ।

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।

यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ ।

यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।

साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।

अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

पढ्नुहोस् र सोच्नुहोस्

जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो ।

त्यही कारण त हो नि, सुत्नुअघि फिल्म वा डरलाग्दो कथा सुन्नु राम्रो होइन, यसले तपाईंको मास्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

बिहानै यसरी उठौं

तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ । यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मानसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न । यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

यसको अर्थ के भने, तपाईं कति समय सुत्नुहुन्छ वा कतिबेला उठ्नुहुन्छ ? यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ ।

सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस् र क्रमस उज्यालो छाउन थालेपछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरणशक्ति बढाउनमा निकै फाइदा गर्छ ।

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ ।

हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।

‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’

मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।

सेचुरेटेड फ्याट अत्यधिकः

केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन्स जर्नलिस्ट हुन् । उनले मेडिसिन र साइन्समा बीबीसीका लागि निकै काम गरेका छन् । अनुसन्धानमा उनले पाए कि मानिसहरुले नरिवलको तेललाई निकै नै स्वस्थकर मान्छन् ।

हलिउडकी नायिका एन्जेलिना जोलीले आफ्नो ब्रेकफास्टमा नरिवल तेल प्रयोग गर्छिन् भन्ने खबर छ ।

तर नरिवलको तेल फाइदाजनक छ छैन, यसबारे धेरै समयदेखि बहस चलिरहेको छ । थुप्रै वैज्ञानिकले यसलाई हानिकारक फ्याटयुक्त भएको बताउँछन् ।

भारतको हैदराबादस्थित नेशनल इन्स्टिच्युट अफ न्यूट्रिशन (एनआईएन) का उप–निर्देशक डाक्टर अहमद इब्राहिमले नरिवल तेलमा लगभग ९० प्रतिशत सेचुरेटेड फ्याट हुने बीबीसीलाई बताए ।

डा. माइकलले जुन अनुसन्धान गरे त्यसमा पनि यही तथ्य भेटियो । उनका अनुसार नरिवल तेलमा पाइने सेचुरेटेड फ्याट नौनीमा भन्दा धेरै हुन्छ । नरिवलमा ८६ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ भने नौनीमा ५१ प्रतिशत ।

हानी पनि, फाइदा पनिः

अब प्रश्न यो उठ्छ कि सेचुरेटेड फ्याटयुक्त खाना खाँदा कस्तो हानी हुनसक्छ ?

वैज्ञानिकका अनुसार सेचुरेटेड फ्याटले शरिरमा गुड र ब्याड दुबै प्रकारको कोलेस्ट्रोललाई बढाउने गर्छ । तर दुबैले शरिरमा भिन्न असर देखाउने गर्छन् ।

डा.माइकल यसबारे भन्छन्, ‘जुन खानामा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ त्यसले हाम्रो रगतमा लो डेन्सिटी लिपोप्रोटिन (एनडीएल) को मात्रा बढाउने काम गर्छ । एलडीएललाई नै ब्याड कोलेस्ट्रोल भनिन्छ ।’

एलडीएलको मात्रा जब धेरै हुन्छ तब यसले हाम्रो धमनीमा रक्त प्रवाह रोकिने खतरा बढ्ने गर्छ ।

यस्तै, अर्कोतर्फ त्यही सेचुरेटेड फ्याट हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) जसलाई गुड कोलेस्ट्रोल भनिन्छ, त्यसको मात्रा पनि बढाउने गर्छ ।

एचडीएललाई गुड कोलेस्ट्रोल यसकारण भनिन्छ किनभने यसले हाम्रो शरिरको विभिन्न हिस्सामा भएको कोलेस्ट्रोललाई कलेजोमार्फत् लैजाने गर्छ त्यसपछि हाम्रो कलेजोले कोलेस्ट्रोललाई शरिरबाट बाहिर निकाल्ने गर्छ ।

नरिवलको तेल खाने कि नखाने ?

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल खाँदा स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक अनुसन्धान भएको छैन ।’ यही कुरा डाक्टर माइकलको रिपोर्टले पनि बताउँछ ।

बीबीसीले आफ्नो कार्यक्रम ‘ट्रस्ट मी, आइ एम अ डक्टर’ का लागि क्याम्ब्रिज युनिभर्सिटीका दुई प्रतिष्ठित शिक्षाविद् के–टी खाँ र निता फारोहीसँग सम्पर्क गर्यो । यो कार्यक्रममा ५० वर्षदेखि ७५ वर्षको उमेरमा ९४ मानिसहरुलाई तीन समूहमा बाँडियो ।

यीमध्ये कसैलाई पनि मधुमेह र मुटुरोग थिएन । तीनै समूहलाई चार हप्तासम्म विभिन्न प्रकारको तेल खुवाइयो । शर्त यो थियो कि एउटा समूहले चार हप्तासम्म एउटै तेलको सेवन गर्नुपर्दथ्यो ।

चार हप्तापछि जुन समूहले बटरको सेवन गरेका थिए उनीहरुको शरिरमा ब्याड कोलेस्ट्रोलको मात्रा १० प्रतिशत वृद्धि भएको पाए साथै गुड कोलेस्ट्रोल पनि पाँच प्रतिशत बढेको थियो ।

जुन समूहले ओलिभ ओइल (जैतुनको तेल) को सेवन गरे उनीहरुको शरिरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर थोरै कम भयो ।

तर सबैभन्दा अचम्मित गरिदिने नतिजा नरिवलको तेल सेवन गर्ने समूहमा पाइयो । यो समूहका मानिसहरुमा ब्याड कोलेस्ट्रोलको मात्रा धेरै त होइन तर गुड कोलेस्ट्रोलको मात्रा लगभग १५ प्रतिशतसम्म बढ्यो ।

यसको यो भन्न सकिन्छ कि नरिवलको तेलको सेवन मुटुका लागि राम्रो हुन्छ ।

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरिरमा मेटाबोलिजम पनि बढाउँछ ।’

त्यसो भए नरिवलको तेल विषालु कसरी भयो ?

यदि नरिवलको तेलले हाम्रो शरिरमा ऊर्जा बढाउँछ र मुटुको लागि पनि राम्रो हुन्छ भने यो तेललाई विषालु किन भनियो ?

डा. अहमद यसको पनि जवाफ दिन्छन्, ‘यदि कसैले नरिवलको तेल मात्र प्रयोग गरिरहेका छन् भने यसले शरिरमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक बढाउने गर्छ जसका कारण यो हानिकारक हुनसक्छ । त्यसैले विभिन्न प्रकारको तेलको सेवन गर्ने सल्लाह दिइन्छ ।’

बीबीसी प्रोग्रामबाट निस्किएको नतिजाले क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक खाँलाई अचम्मित तुल्याएको छ । उनले भने, ‘यो नतिजा कसरी आयो यसको स्पष्ट अनुमान छैन । हुनसक्छ नरिवल तेलमा पाइने सेचुरेटेड फ्याटमा लोरिक एसिड हुन्छ जसको असर रगतमा पर्छ ।’

नरिवलको तेल हाम्रा लागि पूर्ण रुपमा स्वस्थबर्धक छ वा पूर्ण रुपमा हानिकारक, दुबै विचार आफैंमा अधुरो छ । खानामा नरिवलको तेल मात्र प्रयोग गर्दा यसले हाम्रो शरिरलाई अन्य तत्वबाट टाढा राख्न सक्छ ।

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।

३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।

५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ ।

उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ ।

यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः

व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ ।

कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ ।

यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः

यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

३. सन्तुलित भोजनः

तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।

यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः

तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ ।

त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।

यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

५. नयाँ चुनौतीको खोजीः

दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् ।

अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ ।

यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. संगीत सुन्नुहोस्ः

संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।

धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

७. पढेर सुत्नुहोस्ः

यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।

त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

८. बिहान यसरी उठ्नुहोस्ः

अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।

सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ ।

घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ ।

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् ।

‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ ।

उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् ।

सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् ।

के–के हुनुपर्छ ‘क’ वर्गको एम्बुलेन्समा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशका २०७३ मा ‘क’ वर्गको एम्बुलेन्समा हुनुपर्ने क्षमता, सुविधा र भूमिकालाई यसरी उल्लेख गरिएको छ ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा– ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ—बायाँको भाग हरियो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीको हुनुपर्छ । यस्तै विदेशी सरकार वा दातृ निकायले सहयोगस्वरूप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गर्ने एम्बुलेन्स ‘क’ अथवा ‘ख’ वर्गको हुनुपर्नेछ ।

यस्तै ‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्दछ । ‘क’ वर्गको एम्बुलेन्समा चालकले स्वास्थ्यसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्दछ । यस्तै ब्लडप्रेसर चेक गर्ने मेसिन, स्टेथोस्कोप, टर्चलाइट, १८ महिना चिकित्सासम्बन्धी तालिम लिएको कर्मचारी हुनुपर्ने छ ।

‘ख’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधाहरू

‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्ने छ । सुविधाको हिसाबमा ‘ख’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण, जनशक्ति हुनुपर्दछ ।

‘ग’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधा

‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको । तर आर्थिक वर्ष २०७३÷०७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा आर्थिक वर्ष ३०७८÷०७९ सम्मको अवधिका लागि सेतो रङ्ग हुन सक्नेछ भनेर उल्लेख गरिएको छ ।

सेवाको हिसाबमा ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, बी.पी. चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्यसम्बन्धी बेसिक तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधिको पनि व्यवस्था हुनुपर्छ ।

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ?

नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’

तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो ।

एकताका विषयमा कतिपय नेताले सार्वजनिक रुपमै पार्टी नेतृत्वलाई सुझाव समेत दिएका छन् । सोमवार राती सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीभित्र केही विषयमा असन्तुष्टि रहेको स्पष्ट संकेत दिएका छन् । ‘जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिवालयले केहि मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिँदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ति भएका हुन् भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ,’ नेता भट्टराईले भनेका छन् ।

उपाध्यक्ष पनि लाभको पदमा छन् भने सचिवले स्वतः नेतृत्व पाउनुपर्छ वा वरियताको आधारमा नेतृत्व टुंगिनुपर्ने नेपाल समूहको भनाई छ । तर, विभिन्न जिल्लामा यो मापदण्ड विपरित आफ्नो तरिकाले नेतृत्वका लागि सिफारिस गरिएको नेपाल समूहको बैठकको निश्कर्ष रहेको ती नेताले बताए ।

तत्कालीन एमाले र तत्कालीन माओवादी बीचको नेतृत्वको बाँडफाँडमा दुई अध्यक्षबीच सहमति बनेपछि मात्र पार्टी सचिवालय र स्थायी कमिटीको बैठक बसाल्ने तयारी छ । ती दुवै बैठकमा नेतृत्वको विषय हल भएपछि मात्र जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाले अन्तिम रुप पाउनेछ । स्थायी कमिटीको बैठक बस्नुअघि सबै प्रदेश र जिल्लाको नेतृत्वको एकीकृत खाका सचिवालयले तयार गर्नेछ । भदौ १९ र २० गते स्थायी कमिटीको बैठक बस्दैछ ।

सोमबारमात्रै नेकपाका अध्यक्ष प्रचण्डले पार्टीका जिल्ला र प्रदेश तहको एकतालाई अब तीव्रता दिइने बताएका थिए । नेकपा सर्लाही–काठमाडौं उपत्यका सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले विवादरहित ढंगले जिल्ला र प्रदेश तहको एकता टुंग्याइने दाबी पनि गरेका थिए । ‘हामीले ऐतिहासिक रूपमा केन्द्रमा पार्टी एकता सम्पन्न गरेका छौँ । त्यही ढंगले अब प्रदेश र जिल्ला तहमा पनि एकता प्रक्रिया पूरा हुनेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा निरन्तर छलफल भइरहेको छ । विवादरहित ढंगले जिल्ला र प्रदेश तहको एकता टुङ्ग्याइने छ ।’

नेपाल समूहले सचिवालयभन्दा स्थायी कमिटी बलियो हुनुपर्ने, स्थायी कमिटीबाटै नियमति काम गरिनुपर्ने, कमिटीको निर्णय प्रक्रिया हुनुपर्ने, सामूहिक नेतृत्व चाहिनेजस्ता माग पनि अगाडि सारेको छ । नेकपाले स्थायी कमिटीमा भन्दा नौ सदस्य सचिवालयबाट दैनिक कामकाजका निर्णय गर्न थालेपछि नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा माधव नेपालसँगै यी मुद्दामा झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल आचार्य, गोकर्ण विष्ट, भीम आर्चाय, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रधुजी पन्त पनि एकै ठाँउ छन् । विहिवारको वैठकमा ती मध्ये अधिकास नेता सहभागी थिए ।

नेकपाभित्र पार्टी एकता, सचिवालय गठनदेखि महासचिव चयनसम्ममा पनि असन्तुष्टि उठेका छन् । झलानाथ खनालले बरियताका विषयमा असन्तुष्टि राखेका छन् । आगामी स्थाइ कमिटी बैठकमा यी विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तो छ योगेश भट्टराईको भनाई

पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा मेरा केही भनाई

१. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको ऐतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धान्तिक जगमा यसलाई अझ सुद्रिढ गर्नु आज हामी सबैको पहिलो दायित्व र जिम्मेवारी हो । पार्टी एकताको विन्दुसम्म पुर्याउन नेत्रित्व गर्ने मुख्य नेताद्वय केपी ओली र प्रचन्ड, यसमा सकारात्मक भूमिका निर्वाह गर्नुहुने वरिष्ठ नेताहरु, विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सबैलाई इतिहासले सलाम गर्नेछ । आफ्नो मतद्वारा पार्टी एकतामा दबाब सिर्जना गर्ने नेपाली जनताप्रति हाम्रो शिर सदैब निहुरिरहने छ ।

२. पार्टी एकीकरणसँगै केन्द्रीय कमिटीको निर्माण, स्थायी समिती तथा सचिवालयको गठन, पदीय व्यवस्थापन आदी विषयमा समेत केही असन्तुष्टी रहेका थिए । अनेकौँ राष्ट्रिय एजेण्डाका बीचमा पार्टी एकताको कार्य हतारमा गर्नुपर्दाको कारण केही कमजोरी भयो होला भनेर नेत्रित्वलाई शंकाको सुविधा दिनु उपयुक्त हुन्छ । यद्यपी पारदर्शी र लोकतान्त्रिक विधि तथा सहभागितामूलक प्रकृयालाई व्यवस्थित गर्न सकेको भए कमजोरिलाई न्युनिकरण गर्न सकिन्थ्यो ।

३. तल्ला कमिटी र मोर्चा संगठनको एकीकरणका लागि गठन गरिएका कार्यदलहरुले अत्यन्तै जिम्मेवारीपूर्वक संगठनको एकीकरणका लागि काम गरिरहेका छन् । म कार्यदलका सबै कमरेडहरुले गर्नु भएको मेहनतको प्रशंसा गर्दछु । जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिवालयले केही मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिँदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ति भएका हुन् भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ । यत्रो विशाल संरचना भएको र युगिन जिम्मेवारी बोकेको राजनीतिक पार्टी निश्चित मापदण्ड, लोकतान्त्रिक प्रकृया, पारदर्शीता र सहभागितामूलक विधिबाट बाहेक अन्यथा तरिकाबाट चल्न र संचालन हुनै सक्दैन ।

४. समय घर्केको छैन । बिग्रिनु पूर्व नै सच्याउने काम गरौँ । यसका लागि पार्टीका तहगत कमिटी र मोर्चा संगठनको एकीकरणमा निम्नानुसारको मापदन्ड लागु गरौँ ।

क. कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔँ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिवलाई र सचिब पनि त्यस्तै भए उपसचिवलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ वरिष्ठ सदस्य मध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाऔँ ।

ख. मोर्चा संगठन, संपर्क कमिटी र मञ्च र प्रवास कमिटीमा पनि यहि मापदन्ड लागु गरौ ।

ग. आउने एक वर्षभित्र सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउका साथै जनसंगठनहरुका अधिवेशनहरु सम्पन्न गरौँ । त्यसक्रममा सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक बिधिबाट नेतृत्वको छनोट गरौँ ।

५. एमाले र माओवादी बीचको एकीकरण दुईवटा पार्टी समाप्त भएर नयाँ पार्टी बनेको होइन । दुईवटा पार्टीको एकता भएर एकिक्रित स्वरुपमा रुपान्तरण भएको हो । यहि संगठनात्मक सिद्धान्तमा उभिएर केन्द्रमा कमिटी र नेतृत्व रुपान्तरित भएको हो । जसलाई पार्टीले संक्रमणकालिन अवस्था भनेको छ । मातहतमा पनि यहि सिद्धान्तलाई पछ्याउनु पर्दछ ।

६. यो एकताको बेला हो । यो जटिल र संवेदनशील बेला पनि हो । यस्तो बेलामा अनावश्यक ढंगले समस्या उत्पन्न गर्नु कुनै पनि मानेमा राम्रो मानिने छैन । त्यसमा पनि पार्टी र सरकारमाथि चौतर्फी आक्रमण भैरहेको बेलामा सिङ्गो पार्टी अझ एकताबद्ध भएर त्यसको सामना गर्नु पर्नेमा पार्र्टीिभत्र निषेध र प्रतिशोधको व्यवहारमार्फ्त पार्टीलाई कमजोर बनाउने हर्कतहरुलाई इतिहासले क्षमा गर्ने छैन ।

७. आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचन्ड, पार्टी एकताको घोषणासँगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो, तपाईंहरुलाई ईतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धि अर्को हुने छैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौँ लाख कार्यकर्ताहरुले तपाईंहरुबाट न्याय र समानता खोजेका छन, एउटा असल अभिभावकको भूमिका खोजेका छन् । मेरो कठोर विश्वस छ – हजारौँ चुनौती र अप्ठ्यारामाथि खरो उत्रैदैँ आउनु भएका तपाईंहरु आफ्नै कार्यकर्ताका यी अपेक्षामा पनि सफल बन्नुहुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण कमरेडहरु पार्टी कमिटीहरुको एकीकरणका सन्दर्भमा केही तिता समाचारहरु सार्वजनिक भएकोप्रति मलाई चिन्ता लागेर यो टिप्पणी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हुँ । पार्टी स्थायी समितिको बैठक केही ढिला गरी डाकिएको कारण नेतृत्व समक्ष सुझावका रुपमा यो टिप्पणी प्रस्तुत गरेको छु । पार्टी एकताप्रतिको मेरो विश्वास र पहलकदमी अटुट रहने छ । सबैले सकारात्मक योगदान गरौ ।

धन्यवाद !

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा
चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।

भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो ।

“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भने ।

उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो ।

करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत

दाङ — कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार मृत्यु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले चौधरीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

चौधरीको परिवारका एक सदस्यलाई विद्यालयले रोजगारीसमेत दिने भएको छ । चौधरीको उरहरी चोकमा ब्यानर टाङ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।