मनोरन्जन – local Khabar http://localhost/p सूचना एबं संचार Sat, 23 Dec 2023 08:20:49 +0000 en-US hourly 1 बढ्यो सुनको मुल्य,कती छ तोलाको आज ? http://localhost/p/2023/12/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a5%80-%e0%a4%9b-%e0%a4%a4%e0%a5%8b/ http://localhost/p/2023/12/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a5%80-%e0%a4%9b-%e0%a4%a4%e0%a5%8b/#respond Sat, 23 Dec 2023 08:20:49 +0000 https://test.gulfjobcentral.com/?p=5 कात्तिक २१ : सुनको भाउ आज तोलामा एक हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकेको छ।
त्यस्तै, छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २५५ रूपैयाँ पुगेको हो।

]]>
http://localhost/p/2023/12/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a5%80-%e0%a4%9b-%e0%a4%a4%e0%a5%8b/feed/ 0
स्वदेशी फूलको मालामै यस वर्षको तिहार ! http://localhost/p/2023/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5/ http://localhost/p/2023/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5/#respond Sat, 23 Dec 2023 08:20:49 +0000 https://test.gulfjobcentral.com/?p=16 नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को सातादेखि सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको भेटघाट, बत्तीको झिलिमिली, मिठा परिकार र फूलहरुको रौनक हामी सबैको मानसपटलमा घुम्छ । मलमासका कारण यस वर्षको दशैं–तिहार झण्डै एक महिना पछि सर्न पुग्यो । पर्व पछि सरे पनि प्रकृतिको चक्र त किन सर्थ्यो ? हाम्रा घर–पसल सिँगार्ने, गलामा पहिर्याइदिने मालामा प्रयोग हुने फूलले मखमली मौसमलाई थप रंगिन बनाइदिएका छन् ।

दिदी बहिनीको हातबाट टीका र माला ग्रहण गर्नु तिहारको सबैभन्दा महत्वपूर्ण पाटो हो । जसका कारण तिहार भन्ने बित्तिकै फूलकै चर्चा हुन्छ । यस वर्षको तिहारमा भाइटीका लगाउन आवश्यक फूल नेपालमै फूलेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

तिहारका लागि देशका ठूला सहरमा खपत हुने फूलहरु पठाउन व्यवसायी तयारी अवस्थामा रहेको नेपाल फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । यस वर्ष झण्डै १५ लाख माला बजारमा पठाइने छ ।

कोभिड–१९का कारण तिहारको रौनक कम हुनु र नेपालमै फूल खेती बढ्नु जस्ता कारणले यस वर्ष स्वदेशी फूल र मालाले नै आन्तरिक माग धान्ने एशोसिएसनका अध्यक्ष कुमार कसजु बताउँछन् । ‘यस वर्षको तिहारमा स्वदेशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ कसजुले भने ।

मुख्य बजारमा मखमली, सयपत्री र गुर्धौली फूलको माला पठाउनका लागि व्यवसायीहरुले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको पनि उनले बताए ।

ठूला बजारमा मालाको माग

तिहारकै लागि भनेर हरेक मानिसले आफूलाई चाहिने फूल घरमै फूलाउने भएकाले ठूला सहरमा मात्रै मालाको खरिद बिक्री हुन्छ ।
गत वर्ष देशभरका ठूला सहरमा झण्डै २५ लाख तयारी माला खरिद बिक्री भएको एशोसिएसनले जनाएको छ । यस वर्ष कोभिडका कारण मालाको माग अझै घट्न सक्ने व्यवसायीहरुको आँकलन छ ।

गत वर्ष भारतबाट करिब तीन लाख माला आयात भएको अनुमान गरिन्छ । सामान्य अवस्थामा फूलको कूल मागको धेरै हिस्सा स्वदेशी उत्पादनले नै धानेकाले यस वर्ष कोभिडका कारण भारतबाट फूल आयात नहुन सक्ने व्यवसायीहरु बताउँछन् ।

हरेक वर्ष ठूलो परिमाणमा फूल नेपाल भित्रिने बेलहिया नाकाबाट यस वर्ष फूलको कारोबार शून्य छ । गत वर्ष यतिबेला फूलको कारोबार निकै बढ्ने भएपनि अहिले नाकाबाट तिहारलक्षित फूल आयात शून्य रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा फूल आयात

फूल उत्पादनका लागि नेपाली हावापानी निकै अनुकूल भएपनि हरेक वर्ष नेपालमा करौडौंको फूल आयात हुन्छ । मानिसहरुको सौख तथा पर्वका कारण अमेरिका, चीनसहित विश्वका बिभिन्न देशबाट फूलहरु भित्रिने गरेको भन्सार विभागले जनाएको छ । यद्यपि नेपालमा धेरै मात्रामा फूल निर्यात भारतले नै गर्छ । प्रणय दिवस, तिहार र शिवरात्रीमा भारतबाट बढी मात्रामा नेपालमा फूल आयात हुन्छ ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा १० करोड बराबरको फूल नेपालमा आयात भएको थियो । यस्तै २०७५÷०७६ मा १९ करोडको फूल आयात भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै १० करोड रुपैयाँभन्दा बढीको फूल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

]]>
http://localhost/p/2023/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5/feed/ 0
दुई वर्षअघि पारसले दिलाएको त्यो खुसी http://localhost/p/2023/12/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%8f/ http://localhost/p/2023/12/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%8f/#respond Sat, 23 Dec 2023 08:20:49 +0000 https://test.gulfjobcentral.com/?p=19 दुई वर्षअघि नेपालले नेदरल्याण्डससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्दै थियो।पहिलो खेलमा पराजित भएपछि नेपालले डेब्यू एकदिवसीय खेलमा जित हात पार्ने अवसर गुमाएको थियो।नेदरल्याण्डसमा भएको दोस्रो खेलमा जित हात पारे नेपाललाई पहिलो पटक एकदिवसीय हात पारेर इतिहास बनाउने मौका थियो।टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २१६ रनमै अलआउट भयो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। कप्तानको भूमिकामा रहेका पारस खड्काले पनि अर्धसतक (५१ रन) प्रहार गरेका थिए।२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खेललाई अन्तिम बलसम्म लम्बाउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो।खेलको अन्तिम बलमा नेदरल्याण्डसलाई जितका लागि २ रन चाहिएको थियो।

अन्तिम ओभरमा बलिङ गरेका पारसले फालेको अन्तिम बलमा नेदरल्याण्डसका फ्रेड्रिक ज्याक क्लासनले प्रहार गरेको स्ट्रेट ड्राइभ अर्कोतिरको स्टम्पमा लाग्यो।त्यतिबेला अर्का ब्याट्सम्यान पउल एड्रिएन भ्यान मिकरेन क्रिजभन्दा बाहिर थिए तर पारसले क्लासनले प्रहार गरेको बल नछोएका कारणले उनी आउट भएनन्।रन लिनलाई क्लासन र भ्यान मिकरेन दुबै दौडिए। पारसले स्टम्पमा लागेर फर्किएको बल आफ्नो फलो थ्रोमा समाते र दौडिँदै गएर एउटा स्टम्प उखेले। क्लासन रन आउट भए।जससँगै नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्यो। जुन खेल नेपालले सदा सम्झिरहने छ।सो रन पूरा भएको भए म्याच टाइ हुन्थ्यो। पारसले स्टम्प उखेल्दा एउटा बेल झरिसकेको थियो भने अर्को स्टम्पमै थियो। पारसले दौडेर उखेल्नुको साटो बल स्टम्पमा फाल्दा बल स्टम्पमा नलाग्न पनि सक्थ्यो।

लागे पनि बाँकी रहेको बेल नखसेको भए क्लासन आउट हुन्नथे। अर्को बेल खसे पनि अम्पायरले क्लासनको प्रहारमा एउटामात्र बेल खसेको याद नगरेका भए रन आउट नदिन सक्थे।सो म्याचमा थर्ड अम्पायर नराखेकाले उनले क्लासनको प्रहारबाट एउटा बेल झरेको थियो कि दुइटै भनी सोध्ने अवस्था थिएन।यस्तोमा पारसले ‘प्रिजेन्स अफ माइन्ड’(तत्कालै सही निर्णय लिने क्षमता) देखाउँदै दौडेर गएर स्टम्प उखेली नेपालको जित सुनिश्चित गरेका थिए।पहिलो खेल ५५ रनले हारिसकेको नेपाल दोस्रो खेल टाइ भएको भए श्रृंखला १-० ले हार्थ्यो। पारसले तत्काल निर्णय गरेकाले नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला १-१ ले बराबरी गर्‍यो।क्रिकेटको नियमअनुसार रन आउट वा स्टम्प आउट हुन एउटा बेलमात्र झरे पुग्छ। यदि एउटा बेल झरिसकेको छ भने अर्को झरे पनि पुग्छ। तर दुबै बेल झरेको स्थितिमा हातमा बल लिएर कुनै एउटा स्टम्प उखेल्दा हुन्छ। यदि तीन वटै स्टम्प ढलिसकेका छन् भने कुनै एउटा स्टम्प गाडेर फेरि उखेल्नुपर्छ।

]]>
http://localhost/p/2023/12/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%85%e0%a4%98%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%8f/feed/ 0
घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी http://localhost/p/2023/12/%e0%a4%98%e0%a4%b0-%e0%a4%86%e0%a4%81%e0%a4%97%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80/ http://localhost/p/2023/12/%e0%a4%98%e0%a4%b0-%e0%a4%86%e0%a4%81%e0%a4%97%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80/#respond Sat, 23 Dec 2023 08:20:34 +0000 https://test.gulfjobcentral.com/?p=23 तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ। आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो। तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ।

‘यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ’, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भनिन्, ‘फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो।’ वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ।

यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिकरूपमै फूल खेती गर्ने टुङ्गोमा पुगेका छन्। यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको धुइरो लागेपछि अब चाहिँ फूल खेती व्यावसायिकरूपमै गर्न गृहिणीहरुको रहर जागेको हो। तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन्।

‘तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रे’ बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भिनिन्, ‘यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक व्यापारीले चारहजार दिन्छु भनेर बैना दिएर गाएका छन्।’ आर्जनका लागि नभई शोभाका लागि लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाहिँ तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमायाको भनाइ छ।

घर करेसा वरपर शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन्। यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०/३५ जति बोटका सयपत्री फूलको तीनहजार दिन्छु भनेको जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठ बताउँछिन्। करेसाबारी र घरआँगन वरिपरिकै फूलका बोटबाट दीपमायाले तीनहजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूल खेती गर्ने निर्णय गरेका छन्।

अहिले तिहारअघि फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ/नगर बस्तीमा लर्को नै लागेको छ। पर्व विशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारु बताउँछिन्।

जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन्। तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने भर्खरै जिल्लामा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउँछन्। किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे यस्ता सहयोग बढाइने केन्द्रले जनाएको छ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा केही वर्षयता व्यावसायिकरूपमै फूल खेती गर्दै आएका छन्। आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बनौटा र पडौलका किसानको भनाइ छ। यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसान बताउँछन्। यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको बनौटाका किसान फूलदेव महतो बताउँछन्।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ। फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।

]]>
http://localhost/p/2023/12/%e0%a4%98%e0%a4%b0-%e0%a4%86%e0%a4%81%e0%a4%97%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80/feed/ 0
राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल http://localhost/p/2023/12/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be/ http://localhost/p/2023/12/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be/#respond Sat, 23 Dec 2023 08:20:34 +0000 https://test.gulfjobcentral.com/?p=26 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आइरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

]]>
http://localhost/p/2023/12/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be/feed/ 0
नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक http://localhost/p/2023/12/%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ http://localhost/p/2023/12/%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7/#respond Sat, 23 Dec 2023 08:20:34 +0000 https://test.gulfjobcentral.com/?p=29 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए । तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन नमानेको स्रोतको दावी छ ।

विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण हुँदै गएको छ । शीर्ष नेताहरुमा विवाद देखिएपछि दोस्रो र तेस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

]]>
http://localhost/p/2023/12/%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7/feed/ 0