साहित्य – local Khabar http://localhost/p सूचना एबं संचार Sat, 23 Dec 2023 08:20:49 +0000 en-US hourly 1 बढ्यो सुनको मुल्य,कती छ तोलाको आज ? http://localhost/p/2023/12/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a5%80-%e0%a4%9b-%e0%a4%a4%e0%a5%8b/ http://localhost/p/2023/12/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a5%80-%e0%a4%9b-%e0%a4%a4%e0%a5%8b/#respond Sat, 23 Dec 2023 08:20:49 +0000 https://test.gulfjobcentral.com/?p=5 कात्तिक २१ : सुनको भाउ आज तोलामा एक हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकेको छ।
त्यस्तै, छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २५५ रूपैयाँ पुगेको हो।

]]>
http://localhost/p/2023/12/%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a5%80-%e0%a4%9b-%e0%a4%a4%e0%a5%8b/feed/ 0
स्वदेशी फूलको मालामै यस वर्षको तिहार ! http://localhost/p/2023/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5/ http://localhost/p/2023/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5/#respond Sat, 23 Dec 2023 08:20:49 +0000 https://test.gulfjobcentral.com/?p=16 नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को सातादेखि सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको भेटघाट, बत्तीको झिलिमिली, मिठा परिकार र फूलहरुको रौनक हामी सबैको मानसपटलमा घुम्छ । मलमासका कारण यस वर्षको दशैं–तिहार झण्डै एक महिना पछि सर्न पुग्यो । पर्व पछि सरे पनि प्रकृतिको चक्र त किन सर्थ्यो ? हाम्रा घर–पसल सिँगार्ने, गलामा पहिर्याइदिने मालामा प्रयोग हुने फूलले मखमली मौसमलाई थप रंगिन बनाइदिएका छन् ।

दिदी बहिनीको हातबाट टीका र माला ग्रहण गर्नु तिहारको सबैभन्दा महत्वपूर्ण पाटो हो । जसका कारण तिहार भन्ने बित्तिकै फूलकै चर्चा हुन्छ । यस वर्षको तिहारमा भाइटीका लगाउन आवश्यक फूल नेपालमै फूलेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

तिहारका लागि देशका ठूला सहरमा खपत हुने फूलहरु पठाउन व्यवसायी तयारी अवस्थामा रहेको नेपाल फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । यस वर्ष झण्डै १५ लाख माला बजारमा पठाइने छ ।

कोभिड–१९का कारण तिहारको रौनक कम हुनु र नेपालमै फूल खेती बढ्नु जस्ता कारणले यस वर्ष स्वदेशी फूल र मालाले नै आन्तरिक माग धान्ने एशोसिएसनका अध्यक्ष कुमार कसजु बताउँछन् । ‘यस वर्षको तिहारमा स्वदेशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ कसजुले भने ।

मुख्य बजारमा मखमली, सयपत्री र गुर्धौली फूलको माला पठाउनका लागि व्यवसायीहरुले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको पनि उनले बताए ।

ठूला बजारमा मालाको माग

तिहारकै लागि भनेर हरेक मानिसले आफूलाई चाहिने फूल घरमै फूलाउने भएकाले ठूला सहरमा मात्रै मालाको खरिद बिक्री हुन्छ ।
गत वर्ष देशभरका ठूला सहरमा झण्डै २५ लाख तयारी माला खरिद बिक्री भएको एशोसिएसनले जनाएको छ । यस वर्ष कोभिडका कारण मालाको माग अझै घट्न सक्ने व्यवसायीहरुको आँकलन छ ।

गत वर्ष भारतबाट करिब तीन लाख माला आयात भएको अनुमान गरिन्छ । सामान्य अवस्थामा फूलको कूल मागको धेरै हिस्सा स्वदेशी उत्पादनले नै धानेकाले यस वर्ष कोभिडका कारण भारतबाट फूल आयात नहुन सक्ने व्यवसायीहरु बताउँछन् ।

हरेक वर्ष ठूलो परिमाणमा फूल नेपाल भित्रिने बेलहिया नाकाबाट यस वर्ष फूलको कारोबार शून्य छ । गत वर्ष यतिबेला फूलको कारोबार निकै बढ्ने भएपनि अहिले नाकाबाट तिहारलक्षित फूल आयात शून्य रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा फूल आयात

फूल उत्पादनका लागि नेपाली हावापानी निकै अनुकूल भएपनि हरेक वर्ष नेपालमा करौडौंको फूल आयात हुन्छ । मानिसहरुको सौख तथा पर्वका कारण अमेरिका, चीनसहित विश्वका बिभिन्न देशबाट फूलहरु भित्रिने गरेको भन्सार विभागले जनाएको छ । यद्यपि नेपालमा धेरै मात्रामा फूल निर्यात भारतले नै गर्छ । प्रणय दिवस, तिहार र शिवरात्रीमा भारतबाट बढी मात्रामा नेपालमा फूल आयात हुन्छ ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा १० करोड बराबरको फूल नेपालमा आयात भएको थियो । यस्तै २०७५÷०७६ मा १९ करोडको फूल आयात भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै १० करोड रुपैयाँभन्दा बढीको फूल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

]]>
http://localhost/p/2023/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80-%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a5%88-%e0%a4%af%e0%a4%b8-%e0%a4%b5/feed/ 0
राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल http://localhost/p/2023/12/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be/ http://localhost/p/2023/12/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be/#respond Sat, 23 Dec 2023 08:20:34 +0000 https://test.gulfjobcentral.com/?p=26 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आइरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

]]>
http://localhost/p/2023/12/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be/feed/ 0
नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक http://localhost/p/2023/12/%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7/ http://localhost/p/2023/12/%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7/#respond Sat, 23 Dec 2023 08:20:34 +0000 https://test.gulfjobcentral.com/?p=29 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए । तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन नमानेको स्रोतको दावी छ ।

विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण हुँदै गएको छ । शीर्ष नेताहरुमा विवाद देखिएपछि दोस्रो र तेस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

]]>
http://localhost/p/2023/12/%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7/feed/ 0