तारा खबर – Tara Khabar
test news यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई
test
गौरीफन्टा नाकामा मन्त्रीको अनुगमन, भारत जान लागेकामाथि परेन नजर
५ असार, धनगढी । आन्तरिक मामिला तथा कानून मन्त्रालयले अनुगमन गर्ने भएपछि शुक्रबार दिउँसो गौरीफन्टा नाकाको माहोल बदलियो ।
३ बजे अनुगमनको कार्यक्रम थियो । दिउँसो साढे २ बजेदेखि नै नाकामा खटिएका सुरक्षाकर्मी निकै चनाखो भएर बसेका थिए । ट्राफिक प्रहरी पनि सवारी साधनको उचित व्यवस्थापनका लागि खटिएको थियो ।
पत्रकार, सुरक्षाकर्मीबाहेक सीमा नाकाबाट रोजगारी खोज्दै भारत जाने र भारतबाट स्वदेश फर्किनेहरु भने मन्त्रीको अनुगमन कार्यक्रमबारे बेखबर थिए ।
उनीहरुलाई गन्तव्यसम्म सुरक्षित रुपले कसरी पुग्ने भन्ने चिन्ता थियो । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकासमन्त्री लालबहादुर खड्का दलबलसहित सीमा नाका पुगे । उनीहरुसँगै कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, धनगढी उपमहानगरपालिका, पुनर्वास नगरपालिका र  भीमदत्त नगरपालिकाका मेयर पनि नाकामा पुगे ।
अनुगमनका लागि मन्त्री र जनप्रतिनिधिहरु नाकामा पुग्दै गर्दा चुनावमा उनीहरुलाई भोट हालेका सर्वसाधारण भने रोजगारीको खोजीमा भारत पसिरहेका थिए ।
भारत जाँदै गरेका उनीहरु नेपाल प्रहरीले स्थापना गरेको हेल्प डेस्कमा लाइन लागेर पालैपालो आफ्नो विवरण टिपाइरहेका बेला पुगेका मन्त्रीका झण्डावाल गाडीले एकछिन उनीहरुको लाइन नै भाँडिन पुग्यो । सुरक्षाकर्मीले रोडको छेउमा केहीबेर उनीहरुलाई होल्ड गरिदिए ।
भारत जानेलाई लाइनमा लगाउँदै आएको ठाउँ मन्त्री र जनप्रतिनिधिका चिल्ला गाडीले ओगटेकै कारण मजदुरलाई सास्ती भएको प्रष्ट देख्न सकिन्थ्यो । तर, अनुगमनका लागि नाका पुगेका कुनै पनि मन्त्रीको नजर मजदुरमाथि परेन ।
उनीहरु भन्दै थिए, ‘भोट हालेर मन्त्री त बनायौँ । आफूले चिल्ला गाडी चढ्न पाउनुभएकै छ । हामी गरीब मजदुरमाथि उहाँहरुको नजर के पथ्र्यो र ?’
संयोग नै मान्नुपर्छ त्यति बेला भारत जान लाइनमा लागेका करिब २० जनामध्ये १३ जनाको समूह मुख्यमन्त्री त्रिलोचन भट्ट, कानूनमन्त्री पूर्णा जोशी र अर्थ राज्यमन्त्री अर्चना गहतराजको गृहजिल्ला डोटीको थियो ।
रोजगारीको खोजीमा भारतको सिमला जाँदै गरेका डोटीको जोरायल गाउँपालिका–३ का राजेश विकले भने, ‘उहाँहरु अनुगमनमा आउनुभएको रहेछ भने पनि हामीलाई के मिल्छ र ? रोजगारी दिनुभएको भए यसरी किन विदेशिनुपथ्र्यो र ? चुनावमा भोट हालेर जिताएपछि नेताहरुले वास्ता नै नगर्दा रहेछन् ।’
उनीसँगै रोजगारी खोज्दै भारत गइरहेकी जोरायल गाउँपालिका–४ की अमृता विक  र नरेश विकको गुनासो पनि उस्तै छ । उनीहरु भन्छन्, ‘मुख्यमन्त्री र मन्त्री त पायौं तर हामीले रोजगारी पाएनौं ।’
‘कोरोना महामारी र निषेधाज्ञामै अर्काको देशमा कामको खोजीमा जाँदैछौं,’ नरेशले अनलाइखबरसँग भने, ‘हामी जस्ता गरीबलाई रोजगारी दिनुभएको भए किन अर्काको देश धाइरहनुपथ्र्यो र ? नाकामै भेटे हुँदा पनि मन्त्रीज्यूहरुले एक नजर लगाइदिनुभएको भए पनि अभिभावक भएको अनुभूति हुन्थ्यो ।’
दूधेबालकसहित श्रीमान–श्रीमती नै रोजगारीका लागि भारत गइरहेका धनगढी उपमहानगरपालिका–१७ का आशा विष्ट दम्पतीको दुःखेसो पनि फरक छैन । ‘झण्डा फहराउँदै नाकामा पुग्नुभएका मन्त्रीज्यूहरुले हामीलाई किन हेर्छन् र ? चुनाव भएको भए त हामी रोजगारी दिन्छौं भनेर बरु नाकाबाटै फर्काउनुहुन्थ्यो होला,’ गुनासो गर्दै उनले भनिन्, ‘अहिले त हामीतिर हेर्न पनि उहाँहरु गाह्रो मान्नुहुन्छ ।’
प्रदेश १ ले अवलम्बन गर्‍यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति
४ असार, काठमाडौं । केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त नीति हितकर हुने ठहर गरेर बजेटमार्फत सम्बोधन गर्ने प्रयास भएको मन्त्री रानाको भनाइ छ ।
‘निर्वाहमुखी कृषिलाई व्यावसायिक र आय आर्जनको राम्रो माध्यमको रुपमा विकास गर्न यो अवधारणा अंगीकार गरेका हौं, यसले किसानको हित गर्छ भन्ने विश्वास छ,’ मन्त्री मगरले भने ।
कसरी कार्यान्वयन हुन्छ ?
किसानलाई उत्पादनको प्राथमिक चरणमा आवश्यक सहयोग गर्नु, उत्पादनको उचित मूल्य निर्धारण गर्नु र त्यसलाई उपयुक्त समयमा बजारसम्म पहुँच निश्चित गर्नु नीतिको मुख्य उद्देश्य भएको मन्त्री मगरले प्रष्ट्याए ।
निर्वाहमुखी रहेको कृषि क्षेत्रलाई यान्त्रीकरणमार्फत व्यावसायीकरण गर्ने र यसका लागि विशिष्टिकृत कृषि कार्य अघि बढाइने मन्त्रालयको सोचाइ छ । प्राथमिक चरणमा किसानलाई कृषि गर्न उत्प्रेरणा हुने कृषि पूर्वाधार सुनिश्चितता, मल बिउ र कृषि प्राविधिकको उपलब्धता, कृषि उद्यम गर्न बिउ पूँजीको सहजता एवं ब्याजमा अनुदानका विषय समेटिने मन्त्री मगरले बताए ।
घनश्याम भुसाल भन्छन्– कृषकले वर्षभरि दुःख गर्ने तर उसको आवश्यकता पनि पूरा नहुने, बचत पनि नहुने भएपछि कृषि पेशा हेला भएको पाइयो । कृषिको संरक्षण पनि गर्ने र बचत सुनिश्चित गर्ने नीतिको खोजी कृषि नीति हो ।
यान्त्रीकरणमार्फत कृषि कार्यमा सहज पहुँच विकास गरिने, सामूहिक खेती प्रणाली विकासलाई पनि नीतिमा प्राथमिकता दिइएको छ । कृषि उत्पादनमा किसानलाई नाफा निश्चित गरेर बजारीकरणको व्यवस्था गरिने पनि नीतिको उद्देश्य छ ।
यही नीतिमा टेकेर सरकारले यस वर्ष कृषि बजार निर्माण, किसानलाई विद्युत महसुलमा छुट, सहकारी परिचालन गरिने प्रदेश सरकारको योजना छ । यो नीति प्रदेशमा कृषि विकासको मुख्य गाइडलाइन हो, यही उद्देश्यका लागि कृषिको बजेट खर्च हुन्छ,’ मन्त्री मगरले भने । केन्द्रीय मन्त्रालयमा यो अवधारणा ग्रहण गर्ने कि नगर्ने भन्ने बहस भइरहे पनि आफूले स्वविवेकले राम्रो कुरा अंगीकार गरेको उनले बताए ।
के हो ‘संरक्षित कृषि, सुरक्षित बचत’
नेपालको कृषि क्षेत्रको समस्या पहिल्याएर समाधानका लागि यो नीति परिकल्पना गरिएको यसका परिकल्पनाकार पूर्व कृषिमन्त्री घनश्याम भुसाल बताउँछन् । नेपालको कृषिको समस्या के हो ? कृषिमा मानिसको किन आकर्षण छैन ? कृषिबाट मानिस किन पलायन भइरहेका छन् ? भन्ने प्रश्न र त्यसको उत्तर यो नीति भएको भुसाल बताउँछन् ।
उल्लेखित प्रश्नबाट हेर्दा कृषि अत्यन्तै कठिन काम रहेको उनको बुझाइ छ । ‘कृषि पेशामा लाग्नेले कति बचत गर्छ ? कृषि गर्नेले आफ्नो शिक्षा, स्वास्थ्यको आवश्यकता पूरा गर्न सक्छ कि सक्दैन भन्दा त्यो कठिन रहेछ ।’
किसानले वर्षभरि दुःख गर्ने तर उसको आवश्यकता पनि पूरा नहुने र बचत पनि नहुने भएपछि कृषि पेशा हेला भएको पाइएको उनी सुनाउँछन् । कृषिको संक्षण पनि गर्ने र बचत सुनिश्चित गर्ने नीतिको खोजी गरिएको भुसालको भनाइ छ ।
समाजवादी संघीय व्यवस्थामा कृषि यस्तो हुन्छ भन्ने जवाफ विश्वलाई दिनसक्ने गरी काम गर्ने भन्दै पहिलो वर्ष आधार वर्ष, दोस्रो स्थायित्व र तेस्रो वर्ष कृषिका सबै सेलहरू आफंै चल्न सक्ने गरी प्रणाली विकास गर्न चाहेको उनको भनाइ छ ।
स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।
बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्।
प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्।
”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं।”
सरकारको यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्ने झन्झट आउँदो सातादेखि हट्ने भएको छ। तर सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि अझै पनि मास्क अनिवार्य गर्नुपर्ने देखिएको छ। यद्यपि नयाँ नियमबारेको विवरण केही दिनभित्र सार्वजनिक हुँदैछ।
गत वर्ष मे ४ देखि सबैभन्दा पहिले क्याटालोनिया क्षेत्रमा सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि मास्क अनिवार्य गरिएको थियो। त्यसको दुईहप्ता पछि स्पेनिस सरकारले घरबाटबाहिर निस्किँदा खुल्ला ठाउँमा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम देशभर लागु गरेको थियो।
स्पेनमा अहिले ४० देखि ५० वर्ष उमेर समूहले कोरोनाविरुद्वको खोप लगाउनेक्रम जारी रहेको छ। आउँदो महिनादेखि ३० देखि ४० बर्ष उमेर समूहले खोप लगाउने अपेक्षा गरिएको छ।
कोराना महामारीको चरम संकटमा फसेर दुईपटकसम्म संकटकाल घोषणा गर्न बाध्य बनेको स्पेन अहिले भने सामान्य अवस्थातर्फ फर्कदै गरेको संकेत देखाएको छ।
डिभोर्सपछि प्रेममा रहेको मिनिषाको खुलासा
बलिउड नायिका मिनिषा लाम्बाले सन् २०१५ मा बिहे गरेकी थिइन् । तर, उनको बैबाहिक जीवन लामो समयसम्म चल्न सकेन । गतबर्ष मिनिषाले आफ्ना पतिसँग डिभोर्स गरेकी थिइन् ।
उनै, मिनिषाले आफू एक पुरुषको प्रेममा रहेको खुलाएकी छिन् । मिनिषाले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘कुनै पनि व्यक्तिसँगको प्रेम वा बैबाहिक जीवनको अन्त्य हुनु भनेको जीवनको नै अन्त्य हुनु होइन । म यतिबेला एक पुरुषको प्रेममा छु । हामी, प्रेममा निकै खुशी छौ ।’
उनले डिभोर्सको बारेमा कुरा गर्दै भनेकी छिन्–‘यदि, जीवन एकसाथ चल्न सकेन भने दुई जना मानिसहरु एकसाथ नरहँदा नै राम्रो हुन्छ । यसमा दुवै जना गलत हुँदैनन् । यस्तो परिस्थितीमा कसैलाई पनि दोष दिनु गलत हुन्छ । किनकी, कतिपय कुराहरु निजी हुन्छन् र यस्तो समयमा अरुलाई दोष दिनु उसको अपमान गर्नु हो ।’
मिनिषले सन् २००५ मा बलिउड चलचित्र ‘यहाँ’बाट करिअर सुरु गरेकी थिइन् । यसपछि उनले ‘हनिमुन ट्राभल्स प्राइभेट लिमिटेड, बचना ए हसिनो, किन्ड्याप, वेल डन अब्बा, हम तुम शबाना’ लगायतका चलचित्रमा काम गरेकी छिन् । उनी सन् २०१४ मा ‘बीग बोस’मा पनि सहभागी भएकी थिइन् ।
पछिल्लो समय उनी आफ्नो डिजिटल प्रोजेक्टमा व्यस्त छिन् ।
वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक
बलिउड नायक अजय देवगण डिजिटल डेब्यूको तयारीमा छन् । उनी, ‘रुद्र’ नामक वेव सिरिजमा काम गर्ने तयारीमा छन् । यो वेव सिरिजको जुलाई महिनाबाट छायांकन सुरु हुँदैछ ।
वेव सिरिजमा पहिलो पटक काम गर्न लागेको अजयले पारिश्रमिक पनि महंगो लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वेव सिरिजका लागि अजयले १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मिडियाका अनुसार, अजयको यो पारिश्रमिकमा प्रोमो सुट, सोशल मिडिया पोष्ट, रियालिटी शोमा उपस्थिती लगायतका शर्त पनि उल्लेख गरिएको छ । यो सिरिजमा साउथकी नायिका राशी खन्नाले पनि काम गर्दैछिन् ।
यो सिरिज ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा ‘लूधर’को आधिकारिक रिमेक हो ।
काजलको सफलताको कथाः कोरसदेखि बलिउड नायिकासम्म
साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।
काजलले सुरुवातमा बलिउड चलचित्रमा नै काम गरेकी थिइन् । तर, बलिउडमा पहिचान नमिलेपछि उनले साथ चलचित्रमा काम गरेकी थिइन् । साउथमा सुपरहिट चलचित्र दिएपछि लोकप्रिय बनेकी यी नायिकाले फेरि सन् २०११ म बलिउड चलचित्रमा कमब्याक गरेकी थिइन् ।
सन् १९८५ जुन १९ मा जन्मिएकी काजलले कोरसको रुपमा काम गर्दै करिअरको सुरुवात गरेकी थिइन् । काजलले सन् २००४ मा चलचित्र ‘क्यू हो गया ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । बलिउडमा नाम कमाउन नसकेपछि उनले सन् २००७ मा ‘लक्ष्मी कल्याणम’ नामक तेलुगु चलचित्रमा काम गरृेकी थिइन् । यही बर्ष उनले ‘चन्दामामा’मा काम गरिन् । यो चलचित्र हिट भएपछि उनको करिअर पनि चम्कियो ।
साउथमा हिट भएपछि उनले सन् २०११ मा ‘सिंघम’ चलचित्रबाट बलिउडमा कमब्याक गरेकी थिइन् । यसपछि उनले ‘स्पेशल २६, दो लफ्जो कि कहानी, मुम्बई सागा’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।
काजलको प्रेम चर्चा पनि केही बर्ष अगाडि चर्चामा थियो । उनी, साउथका सुपरस्टार प्रभाषको प्रेममा रहेको खबर फैलिएको थियो ।
सन् २०१० मा चलचित्र ‘डार्लिङ्ग’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका थिए । तर, केही बर्षपछि प्रभाषले उनीसँगको प्रेम सम्बन्ध तोडेका थिए । उनै, काजलले गतबर्ष बिहे गरेर नयाँ जीवन सुरु गरेकी छिन् ।
एक वर्षभित्र सुरक्षित साइबर स्पेस निर्माण गर्न सरकारलाई सुझाव
४ असार, काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ, सेण्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेशन र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल गरी ३ वटा सस्थाहरुले सयुक्त रुपमा एक वर्ष भित्रै सुरक्षित एवम लचिलो साइबर स्पेश निर्माणका लागि कानुनी व्यवस्था गर्न र त्यसका लागि ६ महिनाभित्र संस्थागत र संगठनात्मक पूर्वाधार स्थापना गर्न संयुक्त रुपमा सरकारलाई सुझाव दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १४ गते सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा आफ्नो राय दिंदै ३ वटा सस्थाहरुले साइबर सुरक्षाजस्तो संवेदनशील विषयमा जतिसक्दो चाँडो कानुन र संस्थागत संरचना निर्माण गर्न आग्रह गरेको हो ।
नीतिको मस्यौदामा सुरक्षित साइबर स्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा संगठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ । त्यसै गरी नीति कार्यान्वयनका लागि १ वर्ष प्रस्ताव गरिएकोमा त्यसलाई ३ महिनामा झार्न सुझाइएको छ ।
३ वटा सस्थाहरुको प्रतिनिधिहरुको सहितको प्रतिनिधिमण्डलले आषाढ ३ गते सञ्चार तथा सूचना मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई लिखितरुपमा सुझाव हस्तान्तरण गरेको हो।
नीतिमाथि मन्त्रालयले माग गरेको सुझाव तथा पृष्ठपोषणका लागि सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ एवम् व्यवसायीहरु तथा क्यान महासंघका विषयगत सदस्य संस्था सेण्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेशन र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहितको प्रतिनिधिमण्डलले संयुक्तरुपमा राय दिएको हो ।
नागरिकका संवेदनशील तथ्यांक संकलन, प्रशोधन, प्रयोग तथा भण्डारण गर्ने निजी तथा सार्वजनिक निकायहरुको संस्थागत सुरक्षा नीतिको आवधिक परीक्षण गर्न, र नागरिकको अनलाइन पहिचानको डाटा सुरक्षा, डाटा गभर्नेन्स र वैयक्तिक गोपनीयकताका लाागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सेवा प्रदायकसँग डाटा आदानप्रदान गर्न पूर्वाधार निर्माण गर्न र साइबर बीमासम्बन्धी कानून बनाउन पनि आग्रह गरीएको छ ।
साइबर सुरक्षा प्राविधिक विषय मात्र नभइ राजनीतिक, सामाजिक तथा आर्थिक विषयसमेत भएकाले यसलाई सबै पक्षबाट सम्बोधन हुने गरी साइबर सुरक्षा निर्देशिका बनाउन, जोखिम इण्टेलिजेन्स रिपोर्टिङ र साइबर हेल्प डेक्ससहितको सेक्युरिटी अपरेशन सेण्टर निर्माण गर्न र साइबर सुरक्षाबारे सूचना आदानप्रदानका लागि डिजिटल ब्लकचेनसमेतको डिजिटल पूर्वाधार विकास गर्न पनि आग्रह गरीएको छ ।
कुल २३ बुँदामा नीतिको मस्यौदामा सुझाव र ३४ बुदामा थप व्यवस्थाका लागि राय दिंदै सरकारी, गैरसरकारी निकाय तथा निजी क्षेत्रका संघसंस्थाले डिजिटल हस्ताक्षरलाई सर्वशुलभ वा निःशुल्क बनाइ अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ ।
त्यसैगरी ग्लोबल साइबर सेक्युरिटीमा नेपालको स्तरोन्नति गर्ने, साइबर सुरक्षासम्बन्धी नियमित अध्ययन, अनुसन्धान तथा नवप्रवर्तत गर्ने, राष्ट्रिय साइबर सेक्युरिटी फ्रेमवर्क तयार गर्ने, साइबर सुरक्षा गुरुयोजना तयार गर्ने, प्रत्येक विश्वविद्यालयमा साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना गर्ने र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी जोखिमलाई न्यूनीकरण गर्न स्थानीय सम्बन्ध विकास गर्ने र विश्वव्यापी गठबन्धनमा आवद्ध हुने जस्ता नयाँ बुँदा नीतिमा थप्न सुझाव दिएको छ ।
इथिकल ह्याकरहरुलाई प्रोत्साहन गर्ने र सुरक्षा व्यवस्थापन, घटना सम्बोधन, जोखिमको पहिचान तथा कमजोरीको समीक्षाका लागि एउटा कार्यसमूह गठन गर्न पनि प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।
टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो
लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको छ ।
चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय ११ प्रतिशतले बढी हो ।
बाइटडान्सको आम्दानीमा भएको यो अतिउच्च वृद्धिदरले टिकटकको बढ्दो विश्वव्यापी लोकपि्रयतालाई इंगित गर्ने बीबीसीले उल्लेख गरेको छ ।
चीनमा सरकारद्वारा ठूला प्रविधि कम्पनीहरुमाथिको नियन्त्रण तथा दबाबमा वृद्धि भैरहेको बेला बाइटडान्सको आम्दानीमा उल्लेख्य वृद्धि गर्न सफल भएको हो ।
कूल मुनाफा शतप्रतिशतले वृद्धि गर्न सफल भएको बाइटडान्सले गत वर्ष कूल मुनाफामा पनि उल्लेख्य बढोत्तरी गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा बाइटडान्सको कूल मुनाफा ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको छ ।
कम्पनीले जारी गरेको आन्तरिक पत्र अनुसार गत डिसेम्बर सम्ममा बाइटडान्सका सबै प्लाटर्फममा गरी मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९० करोड छ ।
पछिल्लो समयमा टिकटकको अत्यधिक लोकपि्रयतासँगै अमेरिका तथा स्वयम चीनलगायतका देशहरुमा बाइटडान्स कम्पनीमाथि नियन्त्रण तथा निगरानी बढिरहेको छ ।
भारतले त टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध नै लगाइसकेको छ ।
उता अमेरिकामा टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध लगाउने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई वर्तमान राष्ट्रपति जो बाइडेनले खारेज गरेका छन् । तर बाइडेनले हालै एक नयाँ कार्यकारी आदेश गरेका छन् जस अनुसार चिनियाँ एपहरुले प्रयोगकर्ताका डाटा सुरक्षाको लागि गहन उपायहरु अबलम्बन गरेमा मात्रै अमेरिकी बजारमा रहन पाउनेछन् ।
बीबीसीको सहयोगमा
किन हुन्छ पेट भारी ? गर्नु यी उपाय हरु
आम नेपालीको समस्या हो, ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक मात्र होइन, धेरैजसो कुनै न कुनै किसिमको पेटको समस्याले ग्रसित हुन्छन् । आखिर के कारणले पेटको समस्या हुन्छ ? यसबाट कसरी बच्ने ?
सही ढंगले चपाउने
खाना खाने क्रममा हामीले सबैभन्दा बढी बेवास्ता गर्ने कुरा हो, खाना चपाउने । पोषिलो, ताजा खाना खाएर मात्र स्वास्थ भइदैन । स्वस्थ हुनका लागि सही तरिकाले खान पनि जरुरी छ । यसको पहिलो सर्त हो, सही ढंगले चपाउनु ।
मुखमा खानेकुरालाई खेलाएर, राम्ररी चपाएपछि मात्र निल्नुपर्छ । अर्थात ठोस खानेकुरालाई चपाएर नरम, रसिलो बनाएर मात्र निल्नुपर्छ । यसरी निल्दा पाचन प्रक्रियामा सहज हुन्छ । भनिन्छ नि, हाम्रो ३२ वटा दाँत हुन्छ र कुनैपनि खानेकुरा मुखमा ३२ पटक नै चपाउनुपर्छ । यसको अर्थ खानेकुरालाई मिहिन ढंगले चपाउनुपर्छ ।
तर, अहिले हामीलाई हतार छ । खानेकुरा राम्ररी चपाएर खाने गर्दैनौं । हतार हतार निल्ने गर्छौं । पोषणविद्हरुका अनुसार कुनैपनि खानेकुरा खाँदा त्यसमा पूर्णत ध्यान दिनु जरुरी छ । खाना खाइरहेको बेला अन्यत्र ध्यान दिनु हुँदैन । खानालाई विस्तारै, आरमपूर्वक, स्वाद लिएर खानुपर्छ । यसरी खानेकुरा सेवन गर्दा पेट वा पाचन सम्बन्धी समस्या हुँदैन ।
भोक भन्दा धेरै नखाऔं
हाम्रो प्रवृृत्ति के हुन्छ भने मीठो मसिनो खानेकुरा छ भने आवश्यक्ताभन्दा बढी खाने । धेरैजसो अवस्थामा हामी भोक लागेको भन्दा बढी खान्छौं । एकै पटक धेरै खानेकुरा खाँदा पाचन प्रक्रियामा असर गर्छ । खानेकुरा राम्ररी पच्दैन । पेटको समस्या हुन्छ । त्यसैगरी आयुर्वेदका अनुसार दुई भोजनको बीचमा कम्तीमा पाँच घण्टाको अन्तरमा मात्र खानेकुरा खानुपर्छ । अर्थात पहिलो पटक खाएको खानेकुरा राम्ररी पचिसकेपछि मात्र अर्को खाना खानुपर्छ ।
कृतिम गुलियोबाट बच्नुपर्छ
अहिले हामीलाई थरीथरीका परिकार खाने बानी परेको छ । बजारमा पनि यस्ता मिठाई प्रशस्त पाइन्छन् । जबकी यस किसिमको कृतिम मिठाईले पनि पाचनमा असर गर्छ ।
ग्यास कम गरौं
केरा वा अन्य कार्बनेटेड ड्रिंकले शरीरमा ग्यास भर्छ । कार्बनेटेड ड्रिंकको साटोमा ताजा फलफूलको रस, सर्वत, दही, मोही आदि एकदमै उपयोगी हुन्छ ।